एक्सयूभी ४०० ईभी हात पार्न भारतमा ४ महिनासम्म कुर्नुपर्ने, कहिले आउला नेपाल ?

महिन्द्राले यसै वर्षको सूरुवातमा लन्च गरेको पहिलो इलेक्ट्रिक कार एक्सयूभी ४०० को माग भारतमा उच्च दरले बृद्धि भइरहेको छ । यो इलेक्ट्रिक एसयूभीलाई हात पार्न ग्राहकले भारतमा ४ महिनासम्म कुर्नुपर्ने जनाइएको छ । महिन्द्राले यसअघि लन्च गरेको अन्य नयाँ एसयूभीको तुलनामा ‘वेटिङ पिरियड’ कम भएपनि एक्सयूभी ४०० इभीलाई रुचाउने ग्राहकको संख्या भने वढिरहेको छ ।

कम्पनीले यो नयाँ एसयूभीको टप–स्पेक भेरिएन्ट ईएललाई डेलिभरी दिन शुरु गरिसकेपनि वेस भेरिएन्ट ईसीको डेलिभरी भने शुरु गरिसकेको छैन । वेस भेरिएन्टलाई यसै वर्षको फेस्टिवल सिजनबाट डेलिभरी दिने कम्पनीले योजना वनाएको छ ।

भारतमा लन्च भए लगत्तै यो इलेक्ट्रिक एसयूभीका विषयमा चासो व्यक्त गर्ने नेपाली इभी पारखीको संख्या समेत वढिरहेको छ । यो नयाँ एसयूभी कहिल नेपाल आउँछ भन्ने विषयमा अन्योलता कायमै रहेको अवस्थामा नेपालका लागी आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेड प्रालिले उपयुक्त समयमा ल्याउने वताएको छ । कम्पनी स्रोतका अनुसार भारतमै यसको माग अत्याधिक धेरै भएको कारण नेपाल आउने विषयमा टुंगो नलागेको हो ।

एक्सयूभी ४०० इभीलाई महिन्द्राले ३४.५ किलोवाट आवर र ३९.४ किलोवाट आवर गरी कुल दुईवटा व्याट्री प्याकमा लन्च गरेको छ । जसको पावर १५० पिएस र टर्क ३१० एनएम रहेको छ । यो एसयूभीले सिंगल चार्जमा क्रमश ३७५ र ४५६ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

यसमा ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, सिंगल प्यानल सनरुफ, इलेक्ट्रिकल्ली एड्जस्टेवल एण्ड फोल्डेवल ओआरभीएमएस, ६ वटासम्म एयरव्याग, इएससी र रियर–भ्यू क्यामेरा लगायत फिचर दिइएको छ । कम्वस्चन इन्जिनयुक्त एसयूभी एक्सयूभी ३०० को इलेक्ट्रिक भर्सन यसले सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।

एक्सयूभी ४०० ईभीले बजारमा अहिले सर्वाधिक चर्चा कमाएको टाटा नेक्सन इभीसंग सिधा प्रतिस्पर्धा गरिरहेको छ । यसको मूल्य भारतमा १६ देखी १९ लाख भारुसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

२ नयाँ इलेक्ट्रिक कार यसै महिना नेपाल आउने तयारीमा, यस्तो छ रेन्ज र फिचर्स

२ नयाँ इलेक्ट्रिक कार यसै महिना नेपाल आउने तयारीमा, यस्तो छ रेन्ज र फिचर्स

यो महिना २ नयाँ इलेक्ट्रिक कार नेपाल भित्रिने तयारीमा रहेका छन् । केही...

फक्सवागन टिगुवान अब इलेक्ट्रिकमा आउने, यस्तो हुनेछ पावरट्रेन र प्लेटफर्म

फक्सवागन टिगुवान अब इलेक्ट्रिकमा आउने, यस्तो हुनेछ पावरट्रेन र प्लेटफर्म

जर्मन अटो निर्माता फक्सवागनले अहिले धमाधम इभीको नयाँ मोडल तयार गरिरहेको छ...

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक, यस्ता छन् विशेषता

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं – नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...