एक्सयूभी३०० को फेसलिफ्ट भर्सन लन्च गर्ने तयारीमा महिन्द्रा

कम्प्याक्ट एसयूभीको लोकप्रियताका कारण कम्पनीहरूले आफ्ना प्रोडक्टहरु अपडेट गरिरहेका छन् । रिपोर्टका अनुसार महिन्द्राले एक्सयूभी३०० को फेसलिफ्ट भेरिएन्ट चाँडै लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले आगामी आर्थिक वर्षको पहिलो त्रैमासिकमा सो एसयूभीको नयाँ भर्सन भारतीय बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले सो एसयूभीको पुरानो भेरिएन्टको बुकिङ पनि बन्द गरिसकेको छ ।

कम्पनीले फेसलिफ्ट भेरिएन्टको मिड–लाइफ पनि अपडेट गरेको छ । महिन्द्राको सब फोर मिटर एसयूभीको फेसलिफ्ट भर्सनमा नयाँ डिजाइन गरिएका बम्पर, लाइट र अलोय ह्विलका साथै इन्टेरियरमा नयाँ ड्यासबोर्ड, इन्स्ट्रयुमेन्ट क्लस्टर, थप सुविधासहितको इन्फोटेनमेन्ट सिस्टम र एडीएएस जस्ता सेफ्टी फिचर पनि दिन सक्ने अनुमान गरिएको छ । तर, एसयूभीको इन्जिन र ट्रान्समिसनमा भने कुनै परिवर्तन हुने छैन ।

कम्पनीले हाल नयाँ एसयूभीको बारेमा कुनै जानकारी दिएको छैन । यद्यपि सो एसयूभीको फेसलिफ्ट भर्सन परीक्षणको क्रममा देखिएको छ । फेसलिफ्ट भेरिएन्टको मूल्य हालको भेरिएन्टभन्दा ५० देखि ७० हजार भारु बढी हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रालाई उछिनेर दोस्रो स्थानमा उक्लियो टाटा मोटर्स

महिन्द्रालाई उछिनेर दोस्रो स्थानमा उक्लियो टाटा मोटर्स

सेप्टेम्बर महिनामा बिक्रीको हिसाबले टाटा मोटर्स दोस्रो ठूलो कार निर्माता...

महिन्द्रा बीई६ र एक्सईभी ९ई युरोप निर्यात हुने तयारीमा

महिन्द्रा बीई६ र एक्सईभी ९ई युरोप निर्यात हुने तयारीमा

महिन्द्राले आफ्नो दुई नयाँ ईभीलाई बेलायत र युरोपेली बजारमा निर्यात गर्ने...

नयाँ डिजाइन, स्मार्ट फिचर र बढी आरामसहित थार फेसलिफ्ट सार्बजनिक

नयाँ डिजाइन, स्मार्ट फिचर र बढी आरामसहित थार फेसलिफ्ट सार्बजनिक

महिन्द्राले आफ्नो लोकप्रिय अफ–रोडर थार २०२५ लाई भारतीय बजारमा लन्च गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...