सर्बाधिक मासिक डेलिभरी सहित कीर्तिमान कायम गर्दै एक्सपेङ, नेपालमा सफलता हासिल गर्दै

ग्लोबल इलेक्ट्रिक ईभी ब्रान्ड एक्सपेङले जुलाई २०२५ मा आफ्नो इतिहासकै सबैभन्दा बढी मासिक डेलिभरी अर्थात ३६ हजार ७१७ युनिट पूरा गरेको घोषणा गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २२९ प्रतिशतको बृद्धि हो।

यसले एक्सपेङलाई अन्तर्राष्ट्रिय बजारमा थप उचाइमा पु¥याएको कम्पनीको भनाइ छ । यसले नेपाली उपभोक्तालाई पनि एक्सपेङ एक टेस्टेड, ट्रस्टेड र हाईटेक ईभी हो भनेर अझ विश्वास दिलाएको नेपालका लागि एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले जनाएको छ ।

नेपालमा एक्सपेङ जी६ छिट्टै नै सहर केन्द्रित युवा व्यवसायी, ईभी रोज्ने परिवार र लामो दूरी यात्रा गर्ने चालकहरूको मनपर्ने विकल्प बन्दै गएको बताइएको छ। यसको स्मार्ट टेक्नोलोजी, आधुनिक डिजाइन र सहज ड्राइभिङ अनुभवले नेपाली बजारमा प्रिमियम ईभीको परिभाषा नै परिवर्तन गरिरहेको बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा उपलब्ध मोना र पी७ प्लस भने नेपाली बजारमा उपलब्ध छैनन् । तर पनि ती मोडलको अन्तर्राष्ट्रिय सफलताले एक्सपेङ जी६ मा पनि समान एरोडायनामिक डिजाइन, एआई पावर्ड टियान्जी ओएस, ओटीए अपडेट, स्मार्ट पार्किङ र को–ड्राइभिङ जस्ता फिचरको विश्वास जगाउँछ।

विश्वभर ८ लाखभन्दा बढी एक्सपेङ गाडीहरू डेलिभर भइसकेका छन् र ३.५३ मिलियन टन कार्बन डाइअक्साइड उत्सर्जन घटाइसकेको छ । यो तथ्यले एक्सपेङको दिगोपनप्रतिको प्रतिबद्धता र नेपालको सफा उर्जाको लक्ष्यसँग मिल्दो भएको समेत कम्पनीले जनाएको छ ।

एक्सपेङ अहिले ४६ भन्दा बढी अन्तर्राष्ट्रिय बजारहरूमा उपस्थित छ र इन्डोनेसियामा स्थानीय उत्पादन सुरु गर्ने तयारीमा रहेको छ। यसले ब्रान्डको दीर्घकालीन उपस्थितिको प्रतिबद्धता र नवप्रवर्तन योजनामा अझै दृढता ल्याउँछ।

नेपालमा विद्युतीय भविष्यप्रति बढ्दो आकर्षणका बीच एक्सपेङ जी६ एक स्मार्ट, इफिसियन्ट, र विश्वसनीय ईभी ब्रान्डको रुपमा उदाएको कम्पनीको दावी छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...