कमेडी च्याम्पियन विजेताले पुरस्कारमा नेटा भी पाउने
काठमाडौं– रियालिटी शो कमेडी च्याम्पियनले तेस्रो सिजनका विजेतालाई...
चिनियाँ ईभी निर्माता एक्सपेङको जी६ मोडलले सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको छ । यूरो एनक्यापले गरेको सुरक्षा परिक्षणमा जी६ ले यस्तो उपलब्धी हाँसिल गरेको हो । २ वर्षअघि चिनमा लन्च गरिएको यो विद्युतिय एसयूभी हाल नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । नेपालमा यो ईभीलाई सिजी मोटर्सले बिक्री गर्दै आएको हो ।
सुरक्षा परिक्षणमा अवलम्वन गरिएका चारवटै विधामा एक्सपेङले उत्कृष्ट नतिजा हाल पारेको कम्पनीले जनाएको छ । कारले चाइल्ड, एडल्ट, रोड यूजर र सेफ्टि एसिस्टमा क्रमश ८८, ८५, ८१ र ७५ प्रतिशत नतिजा हात पारेको हो । ब्याट्री सुरक्षाका हिसावले समते एक्सपेङका ईभीहरु मबजुत मानिन्छन् ।
चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङ जी६ मा संसारकै उत्कृष्ट एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम(एडास) र ९–डायमेन्सन ब्याट्री सेफ्टी सामेल गरिएको छ । यो विद्युतिय कारमा ४५० एनएम टर्क, १९० किलोवाट पावर र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताहरू छन् ।
साथै यसको ब्याट्री क्षमता ६६ किलोवाट आवर छ र यसमा एलुमिनियम डाइ–कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा ५०–५० लोड अनुपात रहेको छ । एउटा भेरिएन्टमा मात्रै उपलब्ध जी६ को मूल्य नेपाली बजारमा ८४ लाख ९९ हजार रुपैँया तोकिएको छ ।
काठमाडौं– रियालिटी शो कमेडी च्याम्पियनले तेस्रो सिजनका विजेतालाई...
रेकर्ड नम्बरमा इलेक्ट्रिक कार बिक्री गर्न सफल भएका कारण बीवाईडीको गत...
विश्वबजारमै उदयीमान कार निर्माताका रुपमा स्थापित चिनियाँ अटो निर्माता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...