एक्सपेङ जी६ लाई यूरो एनक्यापको ५ स्टार रेटिङ

चिनियाँ ईभी निर्माता एक्सपेङको जी६ मोडलले सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको छ । यूरो एनक्यापले गरेको सुरक्षा परिक्षणमा जी६ ले यस्तो उपलब्धी हाँसिल गरेको हो । २ वर्षअघि चिनमा लन्च गरिएको यो विद्युतिय एसयूभी हाल नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । नेपालमा यो ईभीलाई सिजी मोटर्सले बिक्री गर्दै आएको हो ।

सुरक्षा परिक्षणमा अवलम्वन गरिएका चारवटै विधामा एक्सपेङले उत्कृष्ट नतिजा हाल पारेको कम्पनीले जनाएको छ । कारले चाइल्ड, एडल्ट, रोड यूजर र सेफ्टि एसिस्टमा क्रमश ८८, ८५, ८१ र ७५ प्रतिशत नतिजा हात पारेको हो । ब्याट्री सुरक्षाका हिसावले समते एक्सपेङका ईभीहरु मबजुत मानिन्छन् ।

चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङ जी६ मा संसारकै उत्कृष्ट एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम(एडास) र ९–डायमेन्सन ब्याट्री सेफ्टी सामेल गरिएको छ । यो विद्युतिय कारमा ४५० एनएम टर्क, १९० किलोवाट पावर र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताहरू छन् ।

साथै यसको ब्याट्री क्षमता ६६ किलोवाट आवर छ र यसमा एलुमिनियम डाइ–कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा ५०–५० लोड अनुपात रहेको छ । एउटा भेरिएन्टमा मात्रै उपलब्ध जी६ को मूल्य नेपाली बजारमा ८४ लाख ९९ हजार रुपैँया तोकिएको छ ।

सम्बन्धित समाचारहरू

आज बजेट सार्वजनिक हुँदै : सवारी साधनको कर बढ्ने चिन्ता

आज बजेट सार्वजनिक हुँदै : सवारी साधनको कर बढ्ने चिन्ता

आज सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट सार्वजनिक गर्दैछ । बजेटमा अन्य...

नेपाल भित्रियो अर्को इलेक्ट्रिक स्कुटर ब्रान्ड इनिग्मा, यस्ता छन् स्कुटरको मूल्य र विशेषता

नेपाल भित्रियो अर्को इलेक्ट्रिक स्कुटर ब्रान्ड इनिग्मा, यस्ता छन् स्कुटरको मूल्य र विशेषता

काठमाडौं – राइजिङ ट्रेडिङ कम्पनी प्रालिले इनिग्मा ब्रान्डको विद्युतीय...

भन्सार तिर्न नसकिएकाले चीनबाट ल्याइएका १८ विद्युतीय बस भारतमा बेच्ने तयारी

भन्सार तिर्न नसकिएकाले चीनबाट ल्याइएका १८ विद्युतीय बस भारतमा बेच्ने तयारी

भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...