चर्चामा ३ मिनेटमै दुई लाख बुकिङ भएकाे इलेक्ट्रिक एसयूभी वाईयु७

चीनमा हालै लन्च गरिएको शाओमीको इलेक्ट्रिक एसयूभी शाओमी वाईयु७ को बुकिङ सुरु भएको तीन मिनेटमै दुई लाख युनिट बुकिङ पाएको छ । सो एसयूभी एक घण्टा भित्र २ लाख ८९ हजार बुकिङ पाएको थियो । कम्पनीले पहिलो महिनामै ६ हजार २४ ग्राहकलाई सो एसयूभी डेलिभर गरिसकेको छ ।

चीनमा मात्र उपलब्ध सो मोडल हाल वाईयु७ स्ट्यान्डर्ड, वाईयु७ प्रो र वाईयु७ म्याक्स गरी तीन भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य चीनमा टेस्ला मोडल वाई भन्दा कम भएकाले यसको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ।

शाओमी वाईयु७मा ९६.३ किलोवाट देखि १०१.७ किलोवाट क्षमताको ब्याट्री प्याक दिइएको छ, जसले एक पटकको चार्जमा ७६० किलोमिटरदेखि ८३५ किलोमिटरसम्मको यात्रा गर्न सक्ने दाबी गरिएको छ। यसले ३२० एचपीदेखि ६९० एचपीसम्मको पावर उत्पादन गर्छ र ० देखि १०० किलोमिटर प्रतिघण्टा गतिमा पुग्न मात्र ३.२ सेकेन्ड लिन्छ। सो कारले १५ मिनेटको फास्ट चार्जिङबाट ६२० किलोमिटर रेन्ज दिन्छ ।

यसमा प्रिमियम क्याबिन, ठूलो हाइपरस्क्रिन डिस्प्ले, पछाडिको सिटमा दुईवटा स्क्रिन, बोसको २५ स्पिकर म्युजिक सिस्टम, प्यानोरामिक ग्लास रूफ र लेभल २ एडास जस्ता अत्याधुनिक फिचर दिइएको छ ।

कम्पनीको हालको उत्पादन क्षमताले वर्षमा १ लाख ५ हजार कार मात्र उत्पादन गर्न सक्ने भएकाले माग पूरा गर्न दोस्रो चरणमा उत्पादन विस्तार गर्ने तयारी भइरहेको छ।

सम्बन्धित समाचारहरू

विश्वकै एड्भान्स्ड भेइकल फ्यासिलिटीबाट उत्पादन भएको जिकर ००१ ईभी सार्वजनिक ग-यो गिलीले

विश्वकै एड्भान्स्ड भेइकल फ्यासिलिटीबाट उत्पादन भएको जिकर ००१ ईभी सार्वजनिक ग-यो गिलीले

चीनको प्रसिद्ध अटोमोबाइल निर्माता कम्पनी गिली (जिली) को नयाँ...

लिपमोटर टी०३ अब नेपालमा, मूल्य २८ लाख ९९ हजार

लिपमोटर टी०३ अब नेपालमा, मूल्य २८ लाख ९९ हजार

काठमाडौं – प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य सांग्रिला मोटर्स...

किया इभी६ को रेन्ज : डव्लुएलटिपी भन्छ ५२८ एआरएआईको दावी ७०८ किलोमिटर

किया इभी६ को रेन्ज : डव्लुएलटिपी भन्छ ५२८ एआरएआईको दावी ७०८ किलोमिटर

किया इभी६ को रेन्जलाई लिएर डव्लुएलटिपी र एआरएआईको दावी वाझिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...