सिट्रोन सी३ अव इलेक्ट्रिकमा पनि आउने, अर्को वर्षको अप्रिल महिनादेखी विक्री शुरु हुने संभावना
फ्रेन्च अटो निर्मात सिट्रोनले सी३ लाई इलेक्ट्रिक भर्सनमा ल्याउने तयारी...
चीनमा हालै लन्च गरिएको शाओमीको इलेक्ट्रिक एसयूभी शाओमी वाईयु७ को बुकिङ सुरु भएको तीन मिनेटमै दुई लाख युनिट बुकिङ पाएको छ । सो एसयूभी एक घण्टा भित्र २ लाख ८९ हजार बुकिङ पाएको थियो । कम्पनीले पहिलो महिनामै ६ हजार २४ ग्राहकलाई सो एसयूभी डेलिभर गरिसकेको छ ।
चीनमा मात्र उपलब्ध सो मोडल हाल वाईयु७ स्ट्यान्डर्ड, वाईयु७ प्रो र वाईयु७ म्याक्स गरी तीन भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य चीनमा टेस्ला मोडल वाई भन्दा कम भएकाले यसको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ।
शाओमी वाईयु७मा ९६.३ किलोवाट देखि १०१.७ किलोवाट क्षमताको ब्याट्री प्याक दिइएको छ, जसले एक पटकको चार्जमा ७६० किलोमिटरदेखि ८३५ किलोमिटरसम्मको यात्रा गर्न सक्ने दाबी गरिएको छ। यसले ३२० एचपीदेखि ६९० एचपीसम्मको पावर उत्पादन गर्छ र ० देखि १०० किलोमिटर प्रतिघण्टा गतिमा पुग्न मात्र ३.२ सेकेन्ड लिन्छ। सो कारले १५ मिनेटको फास्ट चार्जिङबाट ६२० किलोमिटर रेन्ज दिन्छ ।
यसमा प्रिमियम क्याबिन, ठूलो हाइपरस्क्रिन डिस्प्ले, पछाडिको सिटमा दुईवटा स्क्रिन, बोसको २५ स्पिकर म्युजिक सिस्टम, प्यानोरामिक ग्लास रूफ र लेभल २ एडास जस्ता अत्याधुनिक फिचर दिइएको छ ।
कम्पनीको हालको उत्पादन क्षमताले वर्षमा १ लाख ५ हजार कार मात्र उत्पादन गर्न सक्ने भएकाले माग पूरा गर्न दोस्रो चरणमा उत्पादन विस्तार गर्ने तयारी भइरहेको छ।
फ्रेन्च अटो निर्मात सिट्रोनले सी३ लाई इलेक्ट्रिक भर्सनमा ल्याउने तयारी...
काठमाडौं– वर्ष २०२४ पुरै ईभीमय बनेर बिदा भएको छ । यसवर्ष नेपाली बजारमा डेढ...
काठमाडौं– इलेक्ट्रिक स्कुटर याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...