अब शाओमीले पनि इलेक्ट्रिक कार निर्माण गर्ने, दर्ता भयो शाओमी ईभी

स्मार्टफोन निर्माता कम्पनी शाओमीले इलेक्ट्रिक कार निर्माण गर्ने भएको छ । कम्पनीले यसको लागि शाओमी ईभी नामले रजिस्ट्रेशन गराएको छ । यसका लागि छुट्टै युनिट गठन भएको छ, जहाँ ३ सय कर्मचारी कार्यरत हुनेछन् ।

लामो समयदेखि शाओमीले इलेक्ट्रिक कार लन्च गर्ने चर्चा चल्दै आइरहेको छ । यसको लुक र फिचर निकै शानदार हुने अनुमान गरिएको छ । शाओमीले इलेक्ट्रिक कार लन्च गरेमा कम मूल्य र राम्रो फिचरको साथमा प्रस्तुत गर्ने अनुमान गरिएको छ । शाओमीले अटोमोबाइल सेक्टरमा हलचल ल्याउने र भारतमा ठूलो बजार स्थापना गर्ने कोशिस गरिरहेको छ । जहाँ समयसँगै इलेक्ट्रिक कारको माग बढिरहेको छ ।

शाओमीले १० वर्षको अन्तरालमा इलेक्ट्रिक भेइकलको लागि प्लानिङ, म्यानुफ्याक्चरिङ र डेभलपमेन्टमा १० बिलियन डलर खर्च गर्ने योजना बनाइरहेको छ । अनुमानित रिपोर्ट अनुसार शाओमीको पहिलो इलेक्ट्रिक कार सेडान वा एसयूभी सेगमेन्टको हुने सम्भावना रहेको छ । कम्पनीका सीईओ र सह सस्थापक ली जूनले शाओमी ईभी नामको नयाँ सब्सिडरी कम्पनीको लागि रजिस्ट्रेशन गराइएको जानकारी दिएका छन् ।

टेस्लाको इलेक्ट्रिक कार चाँडै नै भारतीय बजारमा लन्च गर्ने भएको छ । महिन्द्रा र टाटा जस्ता कम्पनीले पनि निकै आक्रामक तरिकाले इलेक्ट्रिक कार सेगमेन्टमा स्थिति मजबुत बनाउने कोशिस गरिरहेका छन् । यो अवस्थामा शाओमीको इलेक्ट्रिक कार बजारमा आएमा अर्को प्रतिस्पर्धा थपिने निश्चित छ ।

सम्बन्धित समाचारहरू

भिनफास्टले भारतमा सुरु ग-यो उत्पादन, प्लान्टबाट बाहिरियो पहिलो भीएफ७ इलेक्ट्रिक एसयूभी

भिनफास्टले भारतमा सुरु ग-यो उत्पादन, प्लान्टबाट बाहिरियो पहिलो भीएफ७ इलेक्ट्रिक एसयूभी

भियतनामको प्रमुख इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्टले भारतमा आफ्नो...

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो...

सीजी मोटर्सद्वारा एकैपटक २५ किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण

सीजी मोटर्सद्वारा एकैपटक २५ किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण

काठमाडौं – चौधरी ग्रुुप अन्तर्गत सीजी मोटर्सले सुपर माउन्ट एभरेस्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...