भोलि शाओमीको पहिलो इलेक्ट्रिक कार लन्च हुने, मूल्य करोडमा

चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ भोलि अर्थात मार्च २८ मा चीनमा लन्च गर्दैछ । कम्पनीका संस्थापक तथा सीईओ लेई जुनले एक्स सोसल मिडिया मार्फत यसको जानकारी दिएका छन् ।

सो कारको मूल्य ५ लाख युनान भन्दा कम हुनेछ । यसको अर्थ भारतमा करिव ५८ लाख भारु भन्दा कम मूल्य हुनेछ । नेपाल आउने हो भने यसको मूल्य २ करोड भन्दा बढी नै हुने अनुमान गर्न सकिन्छ । यद्यपि यो नेपाल आउने सम्भावना भने तत्काल छैन । यसको लुक स्टाइलिस हुने र चलाउनको लागि सबैभन्दा सजिलो तथा स्मार्ट कार हुने कम्पनीले जनाएको छ ।

सो इलेक्ट्रिक कारको निर्माण बेइजिङ अटोमोटिभ इन्डस्ट्री होल्डिङ कम्पनी लिमिटेडमा गरिए तापनि यसमा एमआईको ब्रान्डिङ हुनेछ । सो कार एसयू७, एसयू७ प्रो र एसयू७ म्याक्स गरी ३ भेरिएन्टमा उपलब्ध हुनेछ । विश्व बजारमा यसले बीएमडब्ल्यु आई४, बीवाईडी सिल र टेस्ला मोडल ३ जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।

शाओमी एसयू७ को लम्बाइ ४९९७ एमएम, चौडाइ १९६३ एमएम, उचाई १४४० एमएम र ह्विलबेस ३००० एमएम हुनेछ ।

शाओमीको फ्रन्टको डिजाइन नयाँ म्याक्लरेनबाट प्रेरित छ । कारको रियरमा टेल–लाइटको वरिपरि स्लिम ¥याप र दुईलाई जोड्ने लाइट बार रहेको छ । टप भेरिएन्टमा एक्टिभ रियर विङ दिन सकिनेछ । एसयू७ मा २४५/४५ आर१९ र २४५/४० आर२० टायर विकल्पका साथै १९ र २० इन्चको अलोय ह्विल उपलब्ध हुनेछ ।

शाओमी एसयू७ मा पावरट्रेनका लागि दुई पावरट्रेन विकल्पमा पेश गरिनेछ । यसमा २२० किलोवाटको मोटरसहितको रियर ह्विल ड्राइभ एडिशन हुनेछ, जसले २९५ एचपीको पावर जेनेरेट गर्नेछ । यसको टप स्पिड २१० किलोमिटर प्रतिघन्टा हुनेछ ।

दोस्रो विकल्पमा ४९५ किलोवाटको ड्युअल मोटर सेटअप अल ह्विल ड्राइभ विकल्पसँग उपलब्ध हुनेछ । यसको ६६४ एचपीको पावर जेनेरेट गर्नेछ । यसको टप स्पिड २६५ किलोमिटर प्रति घन्टा हुनेछ ।

यसमा दुईवटा ब्याट्री प्याकको विकल्प उपलब्ध हुनेछ । यसमा लिथियम आइरन फस्फेट ब्याट्री र टप भेरिएन्टमा सीएटीएल ब्याट्री प्याक हुनेछ । तर, कम्पनीले यसको ब्याट्रीको क्षमता र रेन्जको बारेमा भने खुलाएको छैन । यद्यपि कम्पनीले सो कारको इन्टेरियरको बारेमा केही खुलासा गरेको छैन । यसमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ड्यासबोर्डमा ड्राइभर डिस्प्लेको लागि कनेक्टेड स्क्रिन दिन सक्नेछ ।

सम्बन्धित समाचारहरू

शुरुमा ७ लाख २० हजार बुझाएर सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन लिन सकिने

शुरुमा ७ लाख २० हजार बुझाएर सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन लिन सकिने

काठमाडौं – सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन शुरुमा ७ लाख १९ हजार ८...

ओमोडा ई५ अब नेपालमा, मूल्य र फिचर यस्तो

ओमोडा ई५ अब नेपालमा, मूल्य र फिचर यस्तो

काठमाडौं – नेपाली बजारमा ओमोडा ई५ इलेक्ट्रिक गाडी औपचारिक रुपमा सार्वजनिक...

प्योर ईभी ईट्रान्स नियोको खुल्यो बुकिङ, मूल्य २ लाख ४९ हजार

प्योर ईभी ईट्रान्स नियोको खुल्यो बुकिङ, मूल्य २ लाख ४९ हजार

काठमाडौं – भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको ईट्रान्स नियोको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...