फिलिपिन्सका टप फाइभ अटो ब्रान्डमा प्रवेश ग-यो बीवाईडी, बजार संरचनामै ठूलो परिवर्तन
फिलिपिन्सको अटोमोबाइल बजारमा चिनियाँ कार निर्माता कम्पनी बीवाईडी बजार...
स्मार्टफोन निर्माता कम्पनी शाओमीले स्पेनको बार्सिलोनामा आयोजित २०२४ मोबाइल वर्ल्ड कांग्रेसमा आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ को कन्सेप्ट मोडल प्रदर्शन गरेको छ । कम्पनीले गत डिसेम्बर महिनामा चीनमा पनि सो कार सार्वजनिक गरेको थियो ।
कम्पनीका अनुसार सो कार एक इलेक्ट्रिक स्पोर्ट सेडान हो, जुन म्याकलरेन ७२० एसबाट प्रेरित छ । सेडानमा स्लीक हेडलाइट र एलईडी डीआरएल्स छन्, जबकि पछाडि एलईडी स्ट्रिपद्वारा जोडिएको पातलो र्यापराउन्ड टेललाइटहरू छन्, जसले यसलाई हाई–टेक लुक दिन्छ। कारको माथिल्लो भेरिएन्टमा एक्टिभ रियर विङ र लिडार सेन्सरहरू समावेश हुनेछन्। यसबाहेक यसमा १९ र २० इन्चको टायरको विकल्प पनि हुनेछ ।
कम्पनीले यस इलेक्ट्रिक कारको केबिनमा न्यूनतम डिजाइन इलिमेन्ट प्रयोग गरिरहेको छ, अर्थात् कारलाई भित्रबाट साधारण लुक र डिजाइन दिइनेछ। क्याबिनमा रहेका सबै प्रकारका कन्सोलहर्रू टच सेन्सरमा दिइने छ । कार भित्र ठूलो इन्फोटेनमेन्ट स्क्रिन पनि दिन सकिन्छ।
सो गाडीमा ६६८ किलोमिटर रेन्ज दिने स्ट्यान्डर्ड ७३.६ किलोवाट आवर ब्याट्री प्याक र ८०० किलोमिटर रेन्ज दिने १०१ किलोवाट आवरको ब्याट्री प्याक विकल्प हुनेछ ।
यो इलेक्ट्रिक सेडानको टप स्पीड २६५ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । ग्राहकले यस कारमा २९९ पीएस मोटर वा ६७३ पीएस डुअल मोटर अल–ह्विल ड्राइभ ट्रेनको रियर–ह्विल ड्राइभ छनोट गर्ने विकल्प पाउनेछन्।
स्मार्टफोन निर्मात कम्पनीको रुपमा परिचित शाओमी अटोमोबाइल बजारमा समेत प्रवेश गर्ने तर्खरमा छ । तर यसको भविष्य कस्तो हुन्छ, त्यो भने पछि नै थाहा हुनेछ ।
फिलिपिन्सको अटोमोबाइल बजारमा चिनियाँ कार निर्माता कम्पनी बीवाईडी बजार...
काठमाडौं – नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नेटा भी इलेक्ट्रिक...
काठमाडौं – नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...