५१० किलोमिटर रेन्ज दिने वुलिङको नयाँ इलेक्ट्रिक कम्प्याक्ट सेडान, यस्ता छन् फिचर

चिनियाँ ईभी निर्माता वुलिङले नयाँ इलेक्ट्रिक कार स्टारलाइट लन्च गरेको छ । बेइजिङमा जारी अटो शोको अवसर पारेर कम्पनीले कम्प्याक्ट सेडान स्टारलाईट लन्च गरेको हो । सो कार यसअघि प्लग–इन–हाइब्रिड भर्सनमा उपलब्ध थियो । स्ट्यान्डर्ड र एड्भान्स एडिसनमा आएको उक्त कारको मूल्य क्रमशः १३ हजार ८०० र १५ हजार १०० डलर पर्ने जनाइएको छ ।

यसको स्ट्यान्डर्ड एडिसनमा ४१.९ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ४१० किलोमिटर रेन्द दिने दावी गरिएको छ भने ५४.५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडित एड्भान्स एडिसनले ५१० किलोमिटर रेन्ज दिने बताइएको छ । कारको पिक पावर १०० किलोवाट र १५० किलोवाट तथा टर्क २०० र ३१० एनएम छ ।

कारमा १५.६ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, ८.८ इन्चको एलइडी इन्स्ट्रयुमेन्ट क्लस्टर, जिपिएस नेभिगेसन, ओटिए अपडेट, भ्वाइस रिकग्निसन कन्ट्रोल, ८ तवरबाट एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट तथा अगाडी र पछाडी दुबै सिटमा दुई दुईवटा यूएसवी पोर्ट लगायत फिचर दिइएको छ ।

सेफ्टि फिचर अन्तर्गत यसमा एडप्टीभ क्रुज कन्ट्रोल, ट्राफिक साइन रिकग्निसन, अटोमेटिक इमर्जेन्सि ब्रेकिङ, फरवार्ड कोजिन वार्निङ र लेन डिपार्चर वार्निङ जस्ता फिचर सामेल भएको एडास लेभल–२ उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

हरितालिका तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको स्किम : १४ गते १४ हजार छुट

हरितालिका तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको स्किम : १४ गते १४ हजार छुट

काठमाडौं – नेपालमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र...

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

काठमाडौं – नेपालमा उपलब्धहरु इलेक्ट्रिक कार मध्ये सबैभन्दा धेरै रेन्ज...

टेकुमा खुल्दै थ्रीएन इलेक्ट्रिक स्कुटरको शोरुम, देशभर विस्तार हुँदै

टेकुमा खुल्दै थ्रीएन इलेक्ट्रिक स्कुटरको शोरुम, देशभर विस्तार हुँदै

काठमाडौं – काठमाडौंको टेकुमा थ्रीएन इलेक्ट्रिक स्कुटरको शोरुम सञ्चालनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...