वुलिङले ल्यायो म्याजिक ब्याट्री, ६ हजार ५ सय साइकलको लाइफ हुने

ईभी निर्माता कम्पनीको रुपमा परिचित वुलिङले पहिलो पावर ब्याट्रीको रुपमा म्याजिक ब्याट्री इन्डोनेसियामा सार्वजनिक गरेको छ । यस अनुसार इन्डोनेसियामा पहिलो पावर ब्याट्री उत्पादन गर्ने पहिलो चाइनिज अटोमोबाइल कम्पनीको रुपमा वुलिङ परिचित बनेको छ ।

गत डिसेम्बर ३१ मा प्रोडक्सन लाइनमा रोल्ड अफ गरिएको सो ब्याट्री उत्पादन गर्नका लागि प्रक्रिया प्रारम्भ पश्चात साढे ४ महिना लागेको छ ।

एसएआईसी, वुलिङ र जीएमको संयुक्त स्वामित्व रहेको म्याजिक ब्याट्री ब्रान्ड पहिलो पटक गत सेप्टेम्बरमा इन्डोनेसियाको जाकार्तामा लन्च गरिएको र त्यही वर्ष नै स्थानीय उत्पादनको रुपमा उत्पादन गरिने घोषणा गरिएको थियो । यसका लागि ४० मिलियन युआन अर्थात करिव ५५ लाख डलर खर्च भएको छ ।

म्याजिक ब्याट्रीले ३०० किलोवाट भन्दा बढीको पिक पावर दिन्छ भने यसको इनर्जी डेन्सिटी १६५ वाट आवर पर केजी छ । यसको लाइफ ६ हजार ५ सय साइकल हुनेछ ।

लिथियम आइरन फस्फेट टाइपको सो ब्याट्रीमा परम्परागत यु आकारको ट्याबको सट्टा एल आकारको ट्याब भएको बताइएको छ । यसैगरी थर्मल रनअवेबाट बचाउनका लागि यसमा सेरामिक लेयर प्रयोग गरिएको छ भने यसमा कम्पनीद्वारा विकास गरिएको इन्टेलिजेन्ट ब्याट्री म्यानेजमेन्ट सिस्टमको प्रयोग गरिएको छ ।

वुलिङ विशेष गरी सवारी साधन निर्माता कम्पनीको रुपमा परिचित छ । नेपाली बजारमा समेत वुलिङ एयर ईभी र वुलिङ बिंगो ईभी लगायतका ईभी बिक्रीका लागि उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

ग्रिसमा पनि लोकप्रिय डोङफेङ बक्स, नयाँ मोडल भोया र एमहिरोको चर्चा चुलिदै

ग्रिसमा पनि लोकप्रिय डोङफेङ बक्स, नयाँ मोडल भोया र एमहिरोको चर्चा चुलिदै

नेपाली बजारमा लोकप्रियता कमाइरहेको डोङफेङ ब्रान्डको इलेक्ट्रिक मिनी कार...

एमजी एस५ को मूल्य सार्वजनिक, तीन भेरिएन्टको यस्तो हुनेछ मूल्य

एमजी एस५ को मूल्य सार्वजनिक, तीन भेरिएन्टको यस्तो हुनेछ मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने एमजी एस५ को मूल्य सार्वजनिक भएको छ ।...

ओमोडाको आयातकर्ता एसपीजीले प्राप्त ग-यो ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड

ओमोडाको आयातकर्ता एसपीजीले प्राप्त ग-यो ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड

काठमाडौँ – नेपालमा ओमोडा र जेइको अटोमोबाइल्सको आधिकारिक वितरक एसपीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...