घटस्थापनाका दिन १३२ युनिट गाडी डेलिभरी गरेर बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि
काठमाडौं – विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी...
ईभी निर्माता कम्पनीको रुपमा परिचित वुलिङले पहिलो पावर ब्याट्रीको रुपमा म्याजिक ब्याट्री इन्डोनेसियामा सार्वजनिक गरेको छ । यस अनुसार इन्डोनेसियामा पहिलो पावर ब्याट्री उत्पादन गर्ने पहिलो चाइनिज अटोमोबाइल कम्पनीको रुपमा वुलिङ परिचित बनेको छ ।
गत डिसेम्बर ३१ मा प्रोडक्सन लाइनमा रोल्ड अफ गरिएको सो ब्याट्री उत्पादन गर्नका लागि प्रक्रिया प्रारम्भ पश्चात साढे ४ महिना लागेको छ ।
एसएआईसी, वुलिङ र जीएमको संयुक्त स्वामित्व रहेको म्याजिक ब्याट्री ब्रान्ड पहिलो पटक गत सेप्टेम्बरमा इन्डोनेसियाको जाकार्तामा लन्च गरिएको र त्यही वर्ष नै स्थानीय उत्पादनको रुपमा उत्पादन गरिने घोषणा गरिएको थियो । यसका लागि ४० मिलियन युआन अर्थात करिव ५५ लाख डलर खर्च भएको छ ।
म्याजिक ब्याट्रीले ३०० किलोवाट भन्दा बढीको पिक पावर दिन्छ भने यसको इनर्जी डेन्सिटी १६५ वाट आवर पर केजी छ । यसको लाइफ ६ हजार ५ सय साइकल हुनेछ ।
लिथियम आइरन फस्फेट टाइपको सो ब्याट्रीमा परम्परागत यु आकारको ट्याबको सट्टा एल आकारको ट्याब भएको बताइएको छ । यसैगरी थर्मल रनअवेबाट बचाउनका लागि यसमा सेरामिक लेयर प्रयोग गरिएको छ भने यसमा कम्पनीद्वारा विकास गरिएको इन्टेलिजेन्ट ब्याट्री म्यानेजमेन्ट सिस्टमको प्रयोग गरिएको छ ।
वुलिङ विशेष गरी सवारी साधन निर्माता कम्पनीको रुपमा परिचित छ । नेपाली बजारमा समेत वुलिङ एयर ईभी र वुलिङ बिंगो ईभी लगायतका ईभी बिक्रीका लागि उपलब्ध छन् ।
काठमाडौं – विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी...
न्यु इनर्जी भेइकल र पावर ब्याट्रीका लागि विश्वकै प्रमुख निर्माता कम्पनी...
हाल विद्युतीय मोटरसाइकल ‘यात्री’ चर्चामा छ । नेपाली युवाहरुको समूहले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...