वुलिङ ईभी किन्दा बम्परमा इलेक्ट्रिक स्कुटर पाइने

काठमाडौं– वुलिङको नेपालका लागि आधिकारिक वितरक ईभी नेपाल मोटर्सले फेस्टिबल अफर ल्याएको छ । दशैं तिहारलाई लक्षित गरी आएको ‘वुलिङको कार उपहारको वाहर’ स्किम अन्तर्गत ग्राहकले एलजी ब्रान्डका फ्रिज देखी निशुल्क एसेसोरिज र बम्परमा एकजना भाग्यशाली बिजेताले लेभनिङ ब्रान्डको इलेक्ट्रिक स्कुटर पाउनेछन् ।

दशैं तिहारमा वुलिङको एयर ईभी खरिद गर्दा ग्राहकले २६० लिटर क्षमताको डबल लोड एलजी फ्रिज र निशुल्क रोड ट्याक्स तथा इन्स्यूरेन्स मध्ये एकलाई छनोट गरी लिन सक्नेछन् । साथै, ४ वर्षसम्मको निशुल्क सर्भिसिङ र एसेसोरिजमा चार्जिङ बक्स, चार्जिङ गन, कार म्याट र एयर कम्प्रेसर लगायत निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

इन्डोनेसियाबाट आयात गरी ल्याइएको वुलिङ एयर ईभीमा १७.३ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको मोटर छ । यसले सिंगल चार्जमा २०० किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ । सो ईभीलाई कम्पनीले २१ लाखमा बिक्री गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ आगामी फेस्टिभ सिजनमा नेपाल भित्रिने नयाँ इलेक्ट्रिक कार

यस्तो छ आगामी फेस्टिभ सिजनमा नेपाल भित्रिने नयाँ इलेक्ट्रिक कार

इन्डोनेसियामा उत्पादन हुने वुलिङ एयर ईभी नेपाली बजारमा भित्रिने भएको छ ।...

एक्सपेङ जी६ अव चितवनमा पनि, यूरो मोटर्स वन्यो डिलर

एक्सपेङ जी६ अव चितवनमा पनि, यूरो मोटर्स वन्यो डिलर

काठमाडौं– एक्सपेङको शोरुम चितवनमा विस्तार भएको छ । नेपालका लागि आधिकारिक...

नबिल बैंकले जीडब्ल्युएमका सवारी साधन किन्न ७ वर्षका लागि कर्जा उपलब्ध गराउने

नबिल बैंकले जीडब्ल्युएमका सवारी साधन किन्न ७ वर्षका लागि कर्जा उपलब्ध गराउने

काठमाडौं – ग्रेटवाल मोटर्स अर्थात जीडब्ल्युएमको नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...