एक्सपेङ जी६ अव चितवनमा पनि, यूरो मोटर्स वन्यो डिलर

काठमाडौं– एक्सपेङको शोरुम चितवनमा विस्तार भएको छ । नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले यूरो मोटर्सलाई चितवन क्षेत्रका लागि आधिकारिक डिलरमा नियुक्त गरेसंगै नयाँ शोरुम संचालनमा आएको हो । काठमाडौं र पोखरामा सफलतापूर्वक शोरुमको स्थापना पश्चात चितवनमा समेत शोरुम विस्तार गरिएको कम्पनीले जनाएको छ ।

शोरुम उद्घाटनसंगै कम्पनीले एक्सपेङको नयाँ जी६ मोडल समेत लन्च गरेको छ । स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएर निर्माण गरिएको सो नयाँ कारले विश्वकै उच्च सुरक्षा परीक्षण ई–एनक्यापमा ५–स्टार रेटिङ प्राप्त गरेको छ ।

कारमा स्वचालित ड्राइभिङ प्रविधि, एसईपिए २.० संरचना, नियमित ओटिए अपडेटहरू, एक्सओएस अपरेटिङ सिस्टम, र ८०० भोल्ट सुपर–फास्ट चार्जिङ सुविधा जस्ता फिचर दिइएको छ ।

कारमा ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने यसले सिंगल चार्जमा ४३५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । साथै यसको पावर १९० किलोवाट तथा टर्क ४४० एनएम छ । कारको मूल्य ८५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...