नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजार सम्म छुट
काठमाडौं – नेपालमा सुनरा इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केटीएम...
काठमाडौं– एक्सपेङको शोरुम चितवनमा विस्तार भएको छ । नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले यूरो मोटर्सलाई चितवन क्षेत्रका लागि आधिकारिक डिलरमा नियुक्त गरेसंगै नयाँ शोरुम संचालनमा आएको हो । काठमाडौं र पोखरामा सफलतापूर्वक शोरुमको स्थापना पश्चात चितवनमा समेत शोरुम विस्तार गरिएको कम्पनीले जनाएको छ ।
शोरुम उद्घाटनसंगै कम्पनीले एक्सपेङको नयाँ जी६ मोडल समेत लन्च गरेको छ । स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएर निर्माण गरिएको सो नयाँ कारले विश्वकै उच्च सुरक्षा परीक्षण ई–एनक्यापमा ५–स्टार रेटिङ प्राप्त गरेको छ ।
कारमा स्वचालित ड्राइभिङ प्रविधि, एसईपिए २.० संरचना, नियमित ओटिए अपडेटहरू, एक्सओएस अपरेटिङ सिस्टम, र ८०० भोल्ट सुपर–फास्ट चार्जिङ सुविधा जस्ता फिचर दिइएको छ ।
कारमा ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने यसले सिंगल चार्जमा ४३५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । साथै यसको पावर १९० किलोवाट तथा टर्क ४४० एनएम छ । कारको मूल्य ८५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं – नेपालमा सुनरा इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केटीएम...
स्कटल्यान्डमा एकजना ब्यक्तीले टेस्ला मोडल वाईको ब्याट्रीमा पानी पसेपछि...
सुजुकीको पहिलो इलेक्ट्रिक कार पोल्यान्डमा परिक्षण हुँदै गर्दा देखिएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...