यस्ता हुनेछन् नाडा अटो शो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफर, करिव ७ लाख छुटमा गाडी
काठमाडौं – यसपालिको नाडा अटो शो २०२५ को अवसरमा फोटोन टुनल्यान्ड पिकअप,...
काठमाडौं – ३० लाख भन्दा कम मूल्यमै ईभी किन्न चाहने ग्राहकलाई लक्ष्यित गरी पारामाउन्ट मोटर्सले वुलिङ बिंगो ईभीमा स्पेसल लिमिटेड टाइम एक्सचेन्ज अफरको घोषणा गरेको छ । आइतबार सम्म चल्ने सो अफर कम्पनीको नक्सालस्थित शोरुममा चलिरहेको छ ।
फेस्टिभ सिजनको यो समयमा ग्राहकले वुलिङ बिंगो ईभीका साथ आकर्षक एक्सचेन्ज अफर पाउने छन् । आधुनिक इलेक्ट्रिक कारमा पाइने आकर्षक फिचर र पर्फमेन्स पाइने वुलिङ बिंगो ईभी २९ लाख ९९ हजार मूल्यमै उपलब्ध हुनेछ ।
कम्फर्ट र सेफ्टी दुवैका लागि डिजाइन गरिएको र एड्भान्स्ड टेक्नोलोजीका साथ उपलब्ध वुलिङ बिंगो ईभीमा स्पेसियस इन्टेरियर, कटिङ–एज इन्फोटेनमेन्ट सिस्टम र इन्ह्यान्स्ड ब्याट्री एफिसियन्सी रहेको छ । व्यक्तिगत र पारिवारिक दुवै प्रयोजनका लागि उपलब्ध वुलिङ बिंगो ईभी ग्राहकले चाहेकै दिनमा डेलिभरी समेत गरिने कम्पनीको भनाइ छ ।
सो गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख २० हजार किलोमिटर तथा मोटर तथा हाई भोल्टेज कम्पोनेन्टमा ३ वर्ष वा १ लाख किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध हुनेछ ।
‘धेरै ग्राहकसम्म इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउनका लागि कम्पनी प्रतिबद्ध रहेको तथा इनोभेसन, सेफ्टी र अफोर्डेबिलिटीको पूर्ण संगमको रुपमा रहेको वुलिङ बिंगो ईभीमा अपग्रेड हुनका लागि दशै अगाडि नै शोरुम भ्रमण गर्न सबैलाई अनुरोध गरिएको वुलिङ बिंगो ईभी सम्वद्ध स्रोतको भनाइ छ ।
आफ्नो पुरानो कुनै पनि ब्रान्डको जुनसुकै गाडीसँग वुलिङ बिंगो ईभी साट्न सकिने कम्पनीको भनाइ छ । यसरी एक्सचेन्ज गर्ने ग्राहक मध्ये लक्की ड्रबाट एक जोडीले फाइभ स्टार होटलमा डिनर खाने अवसर समेत पाउने कम्पनीको भनाइ छ ।
नेपाली बजारमा पारामाउन्ट मोटर्सले वुलिङका साथै एमजी, माज्दा र म्याक्सस ब्रान्डका सवारी साधनको समेत कारोबार गर्दै आएको छ ।
काठमाडौं – यसपालिको नाडा अटो शो २०२५ को अवसरमा फोटोन टुनल्यान्ड पिकअप,...
नेपाली बजारमा विक्री हुँदै आएको इलेक्ट्रिक पिकअप जेएसी टी८ ले लोमान्थाङ...
युक्रेनमा रुसको आक्रमणले विश्वका विभिन्न क्षेत्रमा धेरै नराम्रो असर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...