बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–नेपाली बजारमा हालै भित्रिएको नयाँ इलेक्ट्रिक कार बिंगो अब भारतमै बन्ने भएको छ । एमजी मोटर इन्डियाले भारतमा वुलिंग बिंगो ईभीको डिजाइन पेटेन्ट दर्ता गरेर यसबारे जानकारी दिएको हो ।
सव फोर मिटर इलेक्ट्रिक ह्याचब्याकको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम हुनेछ । यो कार टाटा टियागो ईभी भन्दा केही ठूलो छ ।
बिंगोमा फियाट ५०० र निसान माइक्रा जस्ता मोडलहरूबाट प्रेरित गोलाकार डिजाइन दिइएको छ । यसमा ठूलो आकारको सिंगल–पोड हेडल्याम्प र अगाडिको भागमा ब्ल्याङ्क आउट ग्रिल, कूपे जस्तो रुफ रेल र -यापराउन्ड एलईडी टेललाइट पाउन सकिन्छ । कारको क्याविन भित्र डुअल–टोन इन्टेरियर, डुअल स्क्रिन र २–स्पोक स्टेयरिङ ह्वील दिइएको छ ।
यो कार अन्तर्राष्ट्रिय बजारमा तीनवटा पावरट्रेन उपलब्ध छ । जसमध्ये, वेस भेरिएन्टमा १७.३ किलोवाट आवरको ब्याट्री तथा ३० किलोवाटको विद्युतीय मोटर गरिएको छ । जसले २०३ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
यसैगरी यो ३१.९ किलोवाट आवर ब्याट्रीद्वारा संचालित ५० किलोवाटको विद्युतीय मोटर भेरिएन्टमा पनि उपलब्ध छ । जसले सिंगल चार्जमा ३३३ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । साथै गत वर्ष वुलिङले यसको ४१० किलोमिटर रेन्ज दिने भेरिएन्ट समेत सार्बजनिक गरेको थियो । उक्त भेरिएन्टमा ३७.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ ।
नेपाली बजारमा भने यो ३१.९ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ । जसको मूल्य ३२ लाख निर्धारण गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...