आकर्षक ३ कलर अप्सनका साथ शोरुम आइपुग्यो वुलिङ बिंगो ईभी

काठमाडौं – पारामाउन्ट मोटर्सले वुलिङ बिंगो ईभी काठमाडौंको शोरुममा ल्याइपु¥याएको छ । आधिकारिक वितरक तोकिए पश्चात पहिलो पटक वुलिङ बिंगो ईभी नेपाल आइपुगेको हो । सो इलेक्ट्रिक कार विभिन्न तीन आकर्षक कलर अप्सनमा उपलब्ध छ ।

नेपाल आएको सो नयाँ कारमा ३१.९ किलोवाट आवरको लिथियम फेरो–फस्फेट ब्याट्री जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ३३० किलोमिटर रेन्ज दिने दावी छ । साथै कारमा ५० किलोवाट क्षमताको पीएमएसएम मोटर राखिएको छ । उक्त इलेक्ट्रिक मोटरले ६७ पीएस पावर र १५० एनएम टर्क जेनेरेट गर्दछ । कारको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा छ ।

फ्रन्ट ह्विल ड्राइभ सिस्टम भएको सो नयाँ कारलाई एसी चार्जरको साहयतामा ५.५ घण्टामा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने फास्ट चार्जरले ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

डुअल टोन फिनिसिङका साथ क्लासिक लुक्स दिइएको बिंगोमा पूर्णतः एलईडी लाइट राखिएको छ । कारमा १०.२५ इन्चको दुईवटा डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, सेरामिक ग्लेज इन्टेरियर, डुअल फ्रन्ट एयरब्याग, अटोमेटिक होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ, एबीएस, ईबीडी, ईएसी र क्रुज कन्ट्रोल लगायत फिचर पाउन सकिन्छ ।

वुलिङ बिंंगो ईभीले नेपालमा टाटा टियागो र टिगोर ईभीसँग प्रतिस्पर्धा गर्नेछ । वुलिङ बिंगो ईभीको प्रारम्भिक मूल्य ३१ लाख ९९ हजार रुपैयाँ पहिले नै सार्वजनिक भइसकेको छ ।

नेपाली बजारमा पहिले देखि नै वुलिङ एयर ईभी बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले बिक्री–वितरण गरिरहेको छ । सो मिनी ईभी कार हो । बिंगो भने सिटी कार हो । यसलाई चाहिं पारामाउन्ट मोटर्सले बिक्री–वितरण गर्ने गरी केही समय पहिले नियुक्त भएको थियो ।

वुलिङ बिंगो ईभी केही दिनमा औपचारिक रुपमा लन्च गर्ने कार्यक्रम रहेको कम्पनीको भनाइ छ । अहिले भने कम्पनीको नक्सालस्थित शोरुममा पुगेर अवलोकन गर्न सकिने र केही समय पछि टेस्ट ड्राइभ समेत गर्न सकिने छ ।

सम्बन्धित समाचारहरू

नेपालमै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क बनाउँदै सीजी मोटर्स, थप मजबुत बनाउँदै ईभी पूर्वाधार

नेपालमै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क बनाउँदै सीजी मोटर्स, थप मजबुत बनाउँदै ईभी पूर्वाधार

नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको...

७०० किलोमिटर रेन्ज दिने फक्सवागन आईडी ७ सार्वजनिक

७०० किलोमिटर रेन्ज दिने फक्सवागन आईडी ७ सार्वजनिक

जर्मन अटो निर्माता फक्सवागले नयाँ इलेक्ट्रिक कार आडी७ लाई सार्वजनिक गरेको...

ईभी, हाइब्रिड र सोलारपछि अब फ्लेक्स फ्युल कारको चर्चा : के हो फ्लेक्स फ्युल ?

ईभी, हाइब्रिड र सोलारपछि अब फ्लेक्स फ्युल कारको चर्चा : के हो फ्लेक्स फ्युल ?

इलेक्ट्रिक भेइकल, हाइब्रिड कार र सोलार कार पछि अब नयाँ फ्युलको चर्चा चलेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...