संसारकै सबैभन्दा सस्तो इलेक्ट्रिक कारको बिक्री शुरु, अलिबाबाबाट खरिद गर्न सकिने

चाइनिज कार निर्माता कम्पनीले सबैभन्दा कम मूल्यको इलेक्ट्रिक कार के५ को बिक्री प्रारम्भ गरेको छ । दुई जना ब्यक्ति आरामका साथ बस्न मिल्ने यो कारको गति ४० किलोमिटर प्रतिघण्टा छ ।

यो कारलाई अलिबाबाको वेबसाइटबाट अनलाइन रुपमा खरिद गर्न सकिन्छ । यद्यपि नेपालमा यसलाई ल्याउनका लागि भने अनुमति नहुन सक्छ । नेपालमा कुनै पनि कार बिक्रीका लागि आधिकारिक वितरकमार्फत मात्र किन्नु पर्ने नियम छ ।

के५ इलेक्ट्रिक कारको मूल्य २ हजार १ सय डलर तोकिएको छ । यसले गर्दा यो कारलाई विश्वकै सबैभन्दा सस्तो अर्थात कम मूल्यको इलेक्ट्रिक कार भनिएको छ ।

यो कारले सिंगल चार्जमा ५५ देखि ६० किलोमिटरको रेन्ज दिन्छ । यसलाई ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ । रिगल र्याप्टर मोटर्सले उत्पादन गरेको यो कारको वारेमा ग्राहकको प्रतिक्रिया भने थाहा पाउन बाँकी नै छ । रिगल र्याप्टर मोटर्स विशेष गरी इलेक्ट्रिक बाइक र स्कुटर निर्माता कम्पनीको रुपमा चिनिन्छ ।

हाल विश्वमा सस्तो मूल्यको इलेक्ट्रिक कार निर्माण भइरहे पनि तिनको कार्यक्षमताको वारेमा भने प्रश्न उठ्ने गरेको छ । यो भन्दा पहिले चीनकै जीडब्लुएमले निर्माण गरेको ओरा आर१ पनि सस्तो इलेक्ट्रिक कार भनेर चर्चामा आएको थियो । यसको मूल्य करिव ९ हजार डलर पर्ने बताइएको छ ।

अमेरिकामा सबैभन्दा सस्तो मानिने इलेक्ट्रिक कार निसान लिफको मूल्य करिव २७ हजार डलर छ भने फ्रान्समा सिट्रोन एएमआईको मूल्य करिव ७ हजार युरोबाट शुरु हुन्छ ।

नेपाली बजारमा टाटा नेक्सन, हुन्डाई कोना, किया निरो, एमजी ईजेडएस, महिन्द्रा ई२ओ, बीवाईडी ई६, दीगो ई८, डेरी ईभी७ र ईएम७ आदि इलेक्ट्रिक गाडी छन् । सबैभन्दा सस्तो भनिने डेरी ईभी७ को मूल्य १९ लाख ५० हजार र ईएम७ को मूल्य १९ लाख ९० हजार छ भने दीगो ई८ को मूल्य २१ लाख ९४ हजार,

यी भन्दा पनि फरक क्षमताका इलेक्ट्रिक कार सिटी स्पिरिट पनि नेपाली बजारमा उपलब्ध छन् । लिथियम ब्याट्रीयुक्त दुई सिटे सिटी स्पिरिटको मूल्य १७ लाख ८५ हजार र लिड एसिड ब्याट्रीयुक्त सिटी स्पिरिटको मूल्य १३ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी लिथियम ब्याट्रीयुक्त चार सिटे सिटी स्पिरिटको मूल्य १८ लाख ८५ हजार र लिड एसिड ब्याट्रीयुक्त सिटी स्पिरिटको मूल्य १४ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

२ दिनपछि ओकिनावाले १५० किलोमिटर रेन्ज दिने नयाँ स्कुटर ल्याउने

२ दिनपछि ओकिनावाले १५० किलोमिटर रेन्ज दिने नयाँ स्कुटर ल्याउने

भारतीय इलेक्ट्रिक स्कुटर निर्माता ओकिनावाले २४ मार्चमा नयाँ इलेक्ट्रिक...

केन्द्र सरकारको सिको गर्दै प्रदेश सरकारले समेत बढाए विद्युतीय सवारीमा कर

केन्द्र सरकारको सिको गर्दै प्रदेश सरकारले समेत बढाए विद्युतीय सवारीमा कर

आगामी आर्थिक वर्षको केन्द्रीय बजेटमा सरकारले विद्युतीय सवारी साधनको...

४ लाख छुट सहित सार्वजनिक भयो प्रिमियम इलेक्ट्रिक एसयूभी जेइको जे५, अन्य मोडलमा समेत छुट

४ लाख छुट सहित सार्वजनिक भयो प्रिमियम इलेक्ट्रिक एसयूभी जेइको जे५, अन्य मोडलमा समेत छुट

काठमाडौं – नेपालका लागि जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...