‘एड्भान्स्ड एयर सस्पेन्सन’ र ‘अल सिट मसाज लक्जरी’ सहितको ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्दै एमएडब्लु वृद्धि
काठमाडौं – गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ लाई नेपाली...
आज अर्थात सेप्टेम्वर ९ लाई विश्व ईभी दिवसका रुपमा मनाइदै छ । सन् २०२० मा पहिलोपटक ईभी दिवस मनाइएको थियो । विश्वभर इलेक्ट्रिक भेइकलको बारेमा सचेतना अभिवृद्धि गर्न र यस्ता साधनको प्रयोगलाई ब्यापक बनाउँदै जाने उद्देश्यसहित ग्रिन टिभीको पहलमा यो अभियानको थालनी गरिएको हो ।
विश्व बजारमा ईभीको माग बढ्दै गएका कारण अबको मोबिलिटी ईभी केन्द्रित बन्दै जाने निश्चित भएको छ । विश्व बजारमा कहलिएका ठूला अटो उत्पादकहरुले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको सट्टा ईभी उत्पादनलाई व्यापक बनाउँदै जाने उद्घोष गरेबाट पनि अबको मोबिलिट ईभी केन्द्रित बन्ने पुष्टि भएको हो ।
विश्वको सबैभन्दा ठूलो अटोबजार चीनले ईभी उत्पादनमा समेत ठूलै क्रान्ति गरिरहेको छ । हाल चीनमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनकै हाराहारीमा ईभी उत्पादन हुन थालिसकेको एक अध्ययनले देखाएको छ । चीन विश्व बजारमा सबैभन्दा बढी ईभी खपत र निर्यात गर्ने राष्ट्र समेत हो । चीनको सिको गर्दै विश्वका ठूला अटो उत्पादक राष्ट्रहरु अमेरिका, मेक्सिको, भारत, ब्राजिल, कोरिया र जापनले पनि ईभी उत्पादन बढाउँदै जाने उद्घोष गरिसकेका छन् ।
टेक जायन्ट कम्पनीहरु एप्पल, हुवावे र साओमीजस्ता कम्पनीले ईभी उत्पादनका लागि भनेर अरबौ डलर लगानी गर्ने घोषणा गरेका छन् । ईभी उत्पादनमा पायोनियर मानिने अमेरिकन कम्पनी टेस्लालाई अहिले आफ्नो उत्पादनको माग धान्न भ्याई नभ्याईको अवस्था छ । माग बढ्दै गएपछि टेस्लाले भारतीय बजारमा समेत प्लान्ट स्थापना गर्न सुरुवात गरिसकेको छ । त्यसैगरी अर्को ईभी जायन्ट बीवाईडीको समेत विश्व बजारमा माग बढिरहेको छ ।
नेपालको अवस्था
नेपाली बजारमा ईभी प्रयोग हुन थालेको २ दशक हाराहारी समय भएको छ । तीन पाङ्ग्रे साधन सफा टेम्पोबाट शुरु भएको ईभीको बजार हाल आएर करोडमाथि मूल्यका एसयूभीसम्म विस्तार भएको छ । विश्वका अन्य राष्ट्रहरुमा जस्तै नेपाल सरकारले समेत समयसीमा नै तोकेर ईभी प्रयोगलाई व्यापक बनाउने उद्घोष गरिसक ेपनि ईभीमैत्री पूर्वाधारमा भने खासै ध्यान पुग्न सकिरहेको छैन ।
नेपालमा ईभीको माग बढ्दो क्रममा छ । हाज बजारमा उपलब्ध विभिन्न ब्रान्डका ईभी आयातकर्ता कम्पनीहरुलाई माग बमोजिम आपूर्ति गर्न हम्मेहम्मे परेबाट पनि नेपालमा ईभी कति लोकप्रिय बन्दै गएको छ भनेर अनुमान लगाउन सकिन्छ । हाल बजारमा बीवाईडी, एमजी, हुन्डाई, किया, महिन्द्रा, टाटा, दीगो र डेरी ब्रान्डका इलेक्ट्रिक कारको कारोबार भैरहेको छ ।
प्यासेन्जर कार सेग्मेन्टमा मात्र होइन, ईभीको प्रयोग सार्वजनिक यातायात र टु ह्विलरमा समेत बढ्दो छ । सरकारी स्वमित्व समेत रहेको साझा यातायातदेखि निजी कम्पनी सुन्दर यातायातले इलेक्ट्रिक बस सञ्चालन थालिसकेका छन् भने अन्य कम्पनीहरुले समेत यस्ता बसबाट सेवा दिने तयारी थालेका छन् ।
टु ह्विलरतर्फ कुरा गर्नुपर्दा हाल बजारमा १ दर्जन बढी ब्रान्डका यस्ता स्कुटर आयात भएका छन् भने केही कम्पनीले मोटरसाइकलको आयात समेत आरम्भ गरिसकेका छन् ।
काठमाडौं – गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ लाई नेपाली...
जर्मन अटो निर्माता बीएमडव्लूले निर्माण गरेको प्रिमियम इलेक्ट्रि...
काठमाडौं– लीपमोटरको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...