नयाँ राइड सेयरिङ प्लेटफर्म जुमजुम सञ्चालनमा, शुरुमा चालक र यात्रु दुवैलाई धेरै सुविधा
काठमाडौं – नयाँ राइड सेयरिङ प्लेटफर्म “जुमजुम” औपचारिक रुपमा सञ्चालनमा...
प्रत्येक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबार, विश्वभर सडक दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिहरूको सम्झनामा "सडक दुर्घटनाका पीडितहरूको सम्झना दिवस( World Day of Remembrance for Road Traffic Victims - WDR) मनाइन्छ । संयुक्त राष्ट्र संघले सन् २००५ मा यस दिवसलाई विश्वव्यापी रूपमा मान्यता दिएको हो । यो दिवस केवल मृतकहरूको सम्झना गर्ने दिन मात्र नभई, सवारी दुर्घटनाबाट हुने विनाशकारी परिणामहरूलाई स्वीकार गर्ने, पीडित परिवारहरूलाई समर्थन गर्ने, आकस्मिक सेवाका कर्मचारीहरूको महत्त्वपूर्ण कार्यलाई कदर गर्ने र भविष्यमा यस्ता दुर्घटनाहरू हुन नदिनका लागि प्रण (Action) गर्ने अवसर पनि हो ।
यो बर्षको सम्झना दिवसका लागि मुख्य सन्देश "गुमेका प्रतिभाहरू" (Lost Talents) रहेको छ । यो नारा आफैमा गहिरो अर्थ राख्ने र मर्मस्पर्शी छ । यसको तात्पर्य यो हो कि "जब मानिसहरू समयभन्दा पहिले नै सडक दुर्घटनामा मारिन्छन् वा गम्भीर रूपमा घाइते हुन्छन्, तब संसारले केवल व्यक्ति मात्र गुमाउँदैन, यसले उनीहरूको क्षमता, विचार र समाजमा भविष्यको प्रभाव पनि गुमाउँछ ।"
नेपाल प्रहरीको तथ्यांकमा गत आ.व.२०८१-०८२ मा मात्रै देशभर २८ हजार ६ सय ९२ सवारी दुर्घटना भएकोमा, दुर्घटनाबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ४९ जना, यस्तै गम्भीर घाइते ६ हजार ९ सय ७६ जना तथा २७ हजार २ सय भन्दा बढी सामान्य घाइते र अबौंको भौतिक क्षति भएको छ । ट्राफिक नियम उल्लंघन तथा सडकको दुरावस्था लगायतका कारण भएका दुर्घटनामा दैनिक सरदर ७ जना बढीले ज्यान गुमाउँदै आएका छन् भने विशेष गरी बालबालिका र युवाहरूका लागि सबैभन्दा ठूलो मृत्युको कारण बनिरहेको तथ्याङ्कले पुष्टि गर्छ ।
युवा उमेरका व्यक्तिहरूको मृत्युले देशको आर्थिक विकास र सामाजिक प्रगतिको मेरुदण्डमाथि नै गम्भीर चोट पुर्याई रहेको वर्तमान परिप्रेक्षमा "सडक दुर्घटनाका पीडितहरूको सम्झना दिवस (WDR) २०२५" ले हामीलाई दुर्घटनामा "गुमेका प्रतिभाहरू" लाई श्रद्धाञ्जलि दिने मात्र नभई, उनीहरूको सपना र क्षमताको सम्मान गर्नका लागि सडक सुरक्षामा ठोस कदम चाल्न प्रेरित गर्छ ।
नेपालका सडकहरूले दिनहुँ ठूलो मानवीय मूल्य भुक्तान गरिरहेका छन् । तथ्यांकले केवल संख्या देखाउँछ, तर वास्तविकता हजारौं परिवारको पीडा, आँसु र अपूरणीय क्षति हो । विश्व स्मरण दिवसले हामीलाई ती आत्माहरूलाई सम्झाउने मात्र होइन, भविष्य सुरक्षित बनाउने दायित्व पनि दिन्छ ।
हामीले दुर्घटनाबाट हुने मृत्युको संख्यालाई शून्यमा झार्नका लागि सडक सुरक्षालाई राष्ट्रिय प्राथमिकता बनाउनै पर्छ । आजको दिनमा हामीले निम्न सडक सुरक्षाका प्रणहरू लिनु अत्यावश्यक छ :-
यी प्रणहरू केवल शब्दहरूमा सीमित नभई, हाम्रो दैनिक व्यवहारमा उतार्न आवश्यक छ । केवल यसरी नै हामीले सडकमा ज्यान गुमाएका हाम्रा दाजुभाइ, दिदीबहिनी र बालबालिकाहरूको सम्झनालाई साँच्चिकै सम्मान गर्न सक्नेछौँ र सुरक्षित नेपालको सपना साकार पार्न सक्नेछौँ ।
सवारी दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसकाे सन्दर्भमा, दुर्घटनाका बखत तत्काल मानवीय सेवा प्रदान गर्ने आपतकालिन टोलीहरु, प्रहरी, चिकित्सक सबैमा हार्दिक नमन, ज्यान गुमाएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरुमा शीघ्र स्वास्थ्य लाभको कामना सहित ट्राफिक नियम प्रति सदैव सजग, सचेत र संबेदनशील हुन अभिप्रेरणा जागृत हुन सकोस् सबै सबैमा शुभ-कामना ।
–प्र.ब.ना.नि. बिष्णु थापा
प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक
काठमाडौं – नयाँ राइड सेयरिङ प्लेटफर्म “जुमजुम” औपचारिक रुपमा सञ्चालनमा...
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको...
काठमाडौं – उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...