हुन्डाई आयोनिक ६ बन्यो २०२३ वर्ल्ड कार अफ द इयर, यी हुन् अन्य विजेता

हुन्डाई आयोनिक ६ न्युयोर्क इन्टरनेसनल अटो शोमा वर्ल्ड कार अफ द इयर घोषित भएको छ । हुन्डाईको सो इलेक्ट्रिक कारले अन्य दुई पुरस्कार वर्ल्ड इलेक्ट्रिक भेइकल र वर्ल्ड कार डिजाइन अफ द इयर अवार्ड समेत प्राप्त गरेको छ ।

यससँगै लगातार दुई वर्ष सम्म यस्ता तीन पुरस्कार जित्ने कम्पनी बन्न हुन्डाई सफल भएको छ । गत वर्ष पनि हुन्डाईको आयोनिक ५ ले यही पुरस्कार पाएको थियो ।

यसैगरी लुसिड एयरले २०२३ वर्ल्ड लक्जरी कार अवार्ड र किया ईभी६ जीटीले २०२३ वर्ल्ड पर्फमेन्स कार अवार्ड पाएको छ भने सिट्रोन सी३ ले २०२३ वर्ल्ड अर्वान कार अवार्ड पाएको छ ।

गत महिना नै घोषणा गरिएका टप ३ सूचीबाट यी विजेताहरुको छनोट गरिएको हो ।

विश्वका ३२ देशबाट प्रतिनिधित्व गर्ने १०० जना अटोमोटिभ पत्रकार सहितको निर्णायक मण्डलले सो अवार्डको छनोट गरेको हो । कमसेकम वार्षिक १० हजार युनिट उत्पादन भएका सवारी साधन मात्र यसका लागि योग्य हुने नियम थियो । ती सवारी साधनको मूल्य लक्जरी कारको मूल्य भन्दा कम हुनु पर्ने थियो । त्यसैगरी २०२२ जनवरी १ देखि २०२३ मार्च ३० सम्म विश्वका प्रमुख बजारको रुपमा रहेका चीन, युरोप, भारत, जापान, कोरिया, ल्याटिन अमेरिका र अमेरिकामा बिक्रीका लागि उपलब्ध हुनु पर्ने थियो ।

सम्बन्धित समाचारहरू

१.२ लिटर क्षमताको नयाँ टर्बो–पेट्रोल इन्जिन विकास गर्दै हुन्डाई

१.२ लिटर क्षमताको नयाँ टर्बो–पेट्रोल इन्जिन विकास गर्दै हुन्डाई

हुन्डाईले भारतिय बजारकै लागि भनेर नयाँ इन्जिन विकास गर्ने भएको छ । सो नयाँ...

यस्तो छ २०२४ मा भारतीय बजारमा सबैभन्दा बढी बिक्री भएका गाडी

यस्तो छ २०२४ मा भारतीय बजारमा सबैभन्दा बढी बिक्री भएका गाडी

२०२४ मा सबैभन्दा बढी बिक्री हुने कारको तथाङ्क सूची सार्वजनिक भइसकेको छ ।...

हुन्डाईको सबैभन्दा सानो इलेक्ट्रिक एसयूभी ‘इन्स्टर’ सार्बजनिक, के छन् विशेषता ?

हुन्डाईको सबैभन्दा सानो इलेक्ट्रिक एसयूभी ‘इन्स्टर’ सार्बजनिक, के छन् विशेषता ?

हुन्डाईले आफ्नो अल न्यू इलेक्ट्रिक मोडल इन्स्टर सार्बजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...