शनिबार इन्टरनेसनल फिमेल राइड डे, सिन्धुलीगढी सम्म महिला मोटरसाइकल -याली हुने
काठमाडौं – ‘इन्टरनेसनल फिमेल राइड डे’ को अवसरमा आगामी शनिबार महिला...
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वुमन्स इन्टरनेशनल मोटरसाइकल एशोसियसन नेपाल र गेट नेपालको संयुक्त आयोजनामा काठमाडौंदेखि ककनीसम्म मोटरसाइकल -याली अयोजना भएको छ । -यालीमा ७० जना महिला राइडरले सहभागिता जनाएका थिए ।
नेपाल अटोमोवाइल्स स्पोर्टस् एशोसिएसन (नासा), कपुरी ब्रर्दस इन्टरप्राइजेज, कवच गियर, सगरमाथा इन्सुुरेन्स्, मेघा अस्पताल र तारा गाँउ रिसोर्टको सहकार्यमा सम्पन्न कार्यक्रमको ट्राभल पार्टनरका रुपमा घुमन्ते र एक्सप्लोर हब नेपाल रहेका थिए । कार्यक्रममार्फत संकलित कोषलाइ रसुवा जिल्लाको ग्रे गाँउको आदिवासी तामाङ्ग समुदायको स्थानीय महिलाद्वारा संचालित होम स्टे र दिगो पर्यटनमा प्रयोग गरिने आयोजनकले जनाएको छ ।
‘सिस्टरहुड अन ह्विल्स’ नाराकासाथ सितापाइलाबाट शुरु सो -यालीमा विभिन्न क्षेत्रका महिलाहरुले आफ्ना प्रेरणादायी कथाहरु र बाइक राइडिङ अनुभव प्रस्तुत गरेका थिए । कार्यक्रममा सेफ्टी राइडिङ सम्बन्धी अभिमुखीकरण प्रदान गरिनुको साथै नासा नेपाल र विमा नेपालका अभियानका बारेमा जानकारी दिइएको थियो । कार्यक्रमको अन्त्यमा स्लो बाइक कम्पिटिसन तथा मोबिलिटि स्कुटरका बिचमा रेस आयोजना गरिएको थियो ।
सोही कार्यक्रमको अवसरमा नासा नेपालको महिला लक्षित अभियान ‘वान हन्ड्रेड गल्र्स इन मोटरसाइक्लिङ’ सार्वजनिक गरिएको थियो । जस अन्तर्गत १०० जना महिलालाई बाइक रेसिङ, टुरिङ सम्बन्धि तालिम प्रदान गर्ने तथा प्रतियोगिता आयोजना वताइएको छ ।
काठमाडौं – ‘इन्टरनेसनल फिमेल राइड डे’ को अवसरमा आगामी शनिबार महिला...
काठमाडौं – १६ बुँदे घोषणा पत्र जारी गर्दै सडक सुरक्षामा कार्यरत युवा...
पोखरा – दीगो सडक र सुरक्षित यातायातमार्फत समृद्ध नेपालको निर्माणमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...