प्रिमियम ईभी ब्रान्ड भोयाको थप शेयर स्वामित्व अब डोङफेङसँग, नियन्त्रण थप मजबुत
डोङफेङ मोटरको एक सहायक कम्पनीले प्रिमियम विद्युतीय सवारी (ईभी) ब्रान्ड...
अमेरिकी इन्जिनियरहरूले विद्युतीय सवारी साधन चार्जिङ क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। इन्जिनियरहरूको एक टोलीले यस्तो सडक निर्माण गरेका छन्, जसले चलिरहेको अवस्थामा नै विद्युतीय ट्रकलाई वायरलेस रूपमा चार्ज गर्न सकिन्छ । सो प्रविधिले भविष्यमा सवारी साधन चार्जिङ अझ सहज, छिटो र लागतमैत्री बन्ने सम्भावना प्रष्ट देखाएको छ।
रिपोर्टका अनुसार सो परीक्षण इन्डियानाको वेस्ट लाफायेटमा अवस्थित अमेरिकी राजमार्ग ५२/२३१ को करिब एक–चौथाइ खण्डमा सम्पन्न गरिएको थियो । राजमार्गको कंक्रीट सतहनिर्माण भित्र नै विशेष डायनामिक वायरलेस पावर ट्रान्सफर सिस्टम जडान गरेका थिए, जसले ट्रक कुदिरहेको अवस्थामा वास्तविक समयमा उर्जा प्रदान गर्छ।
परीक्षणका लागि कमिन्स कम्पनीको क्लास–८ इलेक्ट्रिक सेमी–ट्रक प्रयोग गरिएको थियो। उक्त ट्रकलाई ६५ माइल प्रति घण्टाको गतिमा काइल सिस्टम भएको सडकमा चलाइएको थियो । परीक्षणका क्रममा ट्रकले करिब १९० किलोवाट बिजुली तानेको थियो, जुन लगभग सामान्य घरले उपभोग गर्ने बिजुली बराबर हो । यसलाई अब ठुलो स्तरमा प्रयोगमा ल्याउन सकिने प्रमाणित भएको छ ।
सो सिस्टमले काम गर्ने तरिका सरल तर अत्यन्तै प्रभावकारी छ। सडक भित्र एम्बेड गरिएका ट्रान्समिटर कोइलहरूले चुम्बकीय क्षेत्र उत्पादन गर्छ भने ट्रकको च्यासिस मुनि राखिएका रिसिभर कोइलहरूले सो उर्जा ग्रहण गर्छ । ट्रक कोइलमाथि गुज्रँदा, सडकबाट ट्रकको ब्याट्रीमा प्रत्यक्ष रूपमा बिजुली स्थानान्तरण हुन्छ। सो प्रविधि खासगरी कंक्रीट सडकमा सहज रूपमा काम गर्न डिजाइन गरिएको हो ।
डोङफेङ मोटरको एक सहायक कम्पनीले प्रिमियम विद्युतीय सवारी (ईभी) ब्रान्ड...
काठमाडौं – दुई पांग्रे इलेक्ट्रिक सवारी साधन धमाधम नेपाली बजारमा उपलब्ध...
विद्युतीय सवारीसाधनको क्षेत्रमा विश्वव्यापी रुपमै अग्रणी कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...