बल्खुमा खुल्यो यामाहा शोरुम रिशिक अटोमोबाइल्स
काठमाडौं – बल्खुमा यामाहा मोटरसाइकल तथा स्कुटरको नयाँ शोरुम रिशिक...
यामाहा आरएक्स१०० सबैभन्दा लोकप्रिय मोटरसाइकल मध्ये एक हो । यामाहाले सो १०० सीसी बाइक बेच्न बन्द गरेको वर्षौं भइसक्यो तर अहिलेसम्म पनि यसको क्रेज घटेको छैन ।
आरएक्स१०० को डिजाइन निकै आकर्षक थियो । यसको स्लिम बडी, सानो ट्याङ्की र लामो सिटले यसलाई अन्य मोटरसाइकलभन्दा फरक बनाएको छ । सो बाइक धेरै स्टाइलिश र स्पोर्टी देखिन्थ्यो र ड्राइभ गर्न पनि धेरै सजिलो थियो ।
आरएक्स१०० मा ९८ सीसीको टु स्ट्रोक इन्जिनले सुसज्जित थियो । सो इन्जिन निकै शक्तिशाली थियो र यसको एक्सेलरेसनको कारणले पनि सो बाइक निकै लोकप्रिय थियो । सो बाइकले प्रतिलिटर ४५–५० किलोमिटर माइलेज दिन्थ्यो, जसको कारण ८० र ९० को दशकमा आरएक्स१०० बाइक सस्तो विकल्प थियो ।
यामाहा आरएक्स१०० को मर्मत सम्भार पनि कम गर्नु पर्थ्यो । यसको स्पेयर पार्ट्स सजिलै उपलब्ध हुन्थ्यो र सर्भिसिङ लागत पनि कम थियो । सो बाइक स्ट्याटस सिम्बल भए तापनि भारतमा प्रदूषण मापदण्डमा भएको कडाईका कारण बाइकले सो मापदण्ड पूरा गर्न सकेन । त्यसपछि यामाहाले आफ्ना नयाँ मोडलमा ध्यान दिने निर्णय गर्यो र आरएक्स१०० को उत्पादन रोकियो ।
काठमाडौं – बल्खुमा यामाहा मोटरसाइकल तथा स्कुटरको नयाँ शोरुम रिशिक...
यामाहाको बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर ई०१ को तस्बिर पहिलोपटक बाहिर...
वैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको टु ह्विलर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...