सेरेसको २१ देशको ‘युरोपेली ग्रान्ड टुर’ सम्पन्न, नेपाल अर्को स्टप
सेरेसले भर्खरै युरोपमा आफ्नो पहिलो ठूलो यात्रा पूरा गरेको छ। सेरेसले २३...
आजको समयमा कार जीवनको अहम् हिस्सा बनेको छ । कार कम्पनीहरुले पनि ग्राहकहरुको सहजताको लागि कारमा नयाँ नयाँ फिचर समावेश गर्न थालेका छन् । तर, कारमा हुने केही फिचरको बारेमा ग्राहकहरु अनभिज्ञ रहने गरेका छन् ।
ती मध्ये कारको पछाडिको विन्डशिल्डमा हुने लाइन पनि एक हो । तपाईंले कारको पछाडिको विन्डशिल्डमा लाइन बनेको देख्नुभएको होला । ती लाइन छोएर अनुभव गर्न सकिन्छ । उक्त लाइन विन्डशिल्डमा किन बनाइएका होलान् ? कहिले सोच्नु भएको छ ?
खासगरी ती लाइनले डिफ्रोस्टरको रुपमा कार्य गर्छन् । यो लाइन नभई एक प्रकारको सानो र पातलो तार हो । जसलाई सिसाको भित्री भागमा नै निर्माण गरिएको हुन्छ । जसले कारको पछाडि लागेको शित वा बर्फलाई मेटाउने काम गर्छ ।
सो डिफ्रोस्टर तार एक प्रकारको वायर ग्रिड हुन्छ । जसले विद्युतीय तरङ प्रयोग गरी सिसालाई भौतिक रुपमा तातो बनाउनको लागि प्रतिरोधी हिटिङको उपयोग गर्छ । सिसालाई तातो बनाउदा त्यसमा लागेको बर्फ चाँडै पग्लन्छ ।
कारको फ्रन्ट विन्डशिल्डमा भने सो लाइन हुँदैन । कारको सो डिफ्रोस्टिङ सिस्टमलाई प्राथमिक कार डिफ्रोस्टरको रुपमा मानिन्छ । सो प्राथमिक डिफ्रोस्टिङ सिस्टमले ड्यासबोर्ड भेन्टको माध्यमले सिधा विन्डशिल्डमा तातो हावा प्रवाह गर्छ र सिसा भित्रबाट तातो हुन्छ । जसले गर्दा कारको फ्रन्ट विन्डशिल्डमा सो लाइनको आवश्यकता पर्दैन ।
सेरेसले भर्खरै युरोपमा आफ्नो पहिलो ठूलो यात्रा पूरा गरेको छ। सेरेसले २३...
टेस्लाले संयुक्त राज्य अमेरिकामा ठूला २० लाख विद्युतीय सवारी साधन (ईभी)...
भारतको दिल्ली सरकारले इलेक्ट्रिक स्कुटर खरिद गर्ने महिलालाई ३६ हजार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...