याङ्गो राइडद्वारा तिहारमा पार्टनर ड्राइभरका लागि दोब्बर बोनस
काठमाडाैं । तिहारको उल्लासमय माहोलमा याङ्गो राइडले आफ्ना पार्टनर...
फोर्ड मोटर कम्पनीका सीईओ जिम फार्लीले भारतीय सडक बारे गरेको टिप्पणी अहिले सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ। उनले भारतमा कारको हर्न निर्माण गर्नु विश्वकै सबैभन्दा चुनौतीपूर्ण काममध्ये एक भएको बताएका छन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा जिम फार्लीले भारतीय सडकमा हर्नको प्रयोग गर्ने शैली अन्य देशभन्दा पूर्ण रूपमा फरक रहेको उल्लेख गरेका छन्। उनका अनुसार भारतमा हर्न केवल सेफ्टी वार्निङ दिने उपकरण मात्र नभई चालकहरूबीच सञ्चार गर्ने माध्यमजस्तै बनेको छ। यही कारणले भारतका लागि बनाइने कार हर्न अत्यन्त बलियो, टिकाउ र लामो समयसम्म लगातार प्रयोग सहन सक्ने हुनुपर्छ।
भिडियोमा फार्लीले रोचक प्रश्न उठाउँदै कुन देशका सवारी साधनलाई सबैभन्दा बलियो हर्न आवश्यक पर्छ भनेर सोधेका छन्। त्यसपछि उनले स्वयं भारतको नाम लिँदै भारतीय सडकको वास्तविकता बयान गरेका छन्। उनका अनुसार भारतमा हर्नको प्रयोग यति धेरै हुन्छ कि सामान्य हर्नले लामो समय काम गर्न सक्दैन। त्यसैले यहाँ प्रयोग हुने हर्न विशेष रूपमा टिकाउ बनाउनुपर्ने अवस्था रहेको उनले बताएका छन्।
उनले पश्चिमी देश र भारतबीचको ड्राइभिङमा हुने भिन्नताबारे पनि चर्चा गरेका छन्। पश्चिमी मुलुकमा हर्न सामान्यतया आपतकालीन अवस्था वा दुर्घटना टार्न मात्र प्रयोग गरिन्छ भने भारतमा चालकले आफ्नो उपस्थितिको जानकारी दिन, अगाडिको सवारीलाई सचेत गराउन वा ओभरटेक गर्ने संकेत दिन लगातार हर्न बजाउने गरेको उनले बताएका छन्।
उनले भारतीय ट्रक र व्यावसायिक सवारी साधनको पछाडि लेखिने “हर्न ओके पिलिज” भन्ने वाक्यांशको पनि उल्लेख गरेका छन् । सो सन्देशले पछाडिबाट आउने सवारीलाई हर्न बजाएर ओभरटेक गर्न संकेत दिने परम्परालाई झल्काउने बताइएको छ। साथै भारतमा धेरै सवारी साधनमा फरक–फरक आवाज र शैलीका हर्न प्रयोग हुने विषय पनि भिडियोमा समेटिएको थियो।
भारतजस्तो भीडभाडयुक्त र अत्यधिक हर्न प्रयोग हुने बजारका लागि कम्पनीले विशेष रूपमा बलियो र लामो समय टिक्ने कम्पोनेन्ट विकास गर्नुपर्ने उनको भनाइ रहेको छ ।
काठमाडाैं । तिहारको उल्लासमय माहोलमा याङ्गो राइडले आफ्ना पार्टनर...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हाल भ्रमणमा छन् । उनको विशेष लिमोजिन...
लामो समयसम्म कारको उपभोग गर्दा यसको मर्मत सम्भारमा ठूलो रकम खर्च भइसकेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...