ईभीभन्दा बढी बिक्री हुन्छ हाइब्रिड कार, यस्तो छ कारण
हाइब्रिड कारको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ । हाइब्रिड गाडी...
हाइब्रिड कारले अहिले धेरैलाई आकर्षित गरिरहेको छ । माइलेजको हिसाबले हाइब्रिड कार पेट्रोल कार भन्दा धेरै राम्रो हुन्छ । हाइब्रिड कार इलेक्ट्रिक मोटर र पेट्रोल इन्जिनको संयोजनमा काम गरेको हुन्छ । हाइब्रिड कारको माइलेज बढी हुनुको धेरै कारणहरु छन् ।
रिजेनेरेटिभ ब्रेकिङ
हाइब्रिड कारमा ब्रेक लगाइसके पछि इनर्जी पुन: प्राप्त गर्न सक्षम हुन्छ । हाइब्रिड कारमा ब्रेक लगाउँदा विद्युतीय मोटरले जेनेरेटरको रूपमा काम गर्छ । यसले गति ऊर्जालाई बिजुलीमा रूपान्तरण गर्छ र ब्याट्रीमा भण्डारण गर्छ । सो ऊर्जा पछि कार चलाउन प्रयोग गर्न सकिन्छ, जसले गर्दा इन्धन बचत हुन्छ ।
इलेक्ट्रिक मोटरको दक्षता
इलेक्ट्रिक मोटर पेट्रोल इन्जिन भन्दा बढी कुशल हुन्छ । यसले कम गतिमा कम ऊर्जा प्रयोग गरेर अधिक शक्ति उत्पादन गर्न सक्छ । शहरी क्षेत्रमा कार चलाउँदा यसको इलेक्ट्रिक मोटरले बढी काम गर्छ र इन्धन बचत गर्छ ।
पेट्रोल इन्जिनको सही अप्टिमाइजेसन
हाइब्रिड कारमा पेट्रोल खपत गर्न सक्ने हिसाबले अप्टिमाइज गरेको हुन्छ । यसमा पेट्रोलले आवश्यक पर्दा मात्र काम गरेको हुन्छ र सबैभन्दा कुशल आरपीएम रेन्जमा सञ्चालन गर्न डिजाइन गरिएको हुन्छ ।
हाइब्रिड सिस्टमको सही म्यानेजमेन्ट
हाइब्रिड कारमा एउटा स्मार्ट सिस्टम हुन्छ, जसले कहिले इलेक्ट्रिक मोटर प्रयोग गर्ने र कहिले पेट्रोल इन्जिन प्रयोग गर्ने भनेर निर्धारण गरेको हुन्छ । यो सिस्टम स्पिड, ड्राइभिङ स्टाइल र ब्याट्री चार्ज स्तरमा आधारित हुन्छ ।
हल्का वजनको सामग्री
हाइब्रिड कारहरु राम्रो माइलेजको लागि प्रायः हल्का सामग्रीबाट बनाइएको हुन्छ ।
यी सबैका कारण हाइब्रिड कारले धेरै माइलेज दिने गरेको पाइन्छ । यद्यपि हाइब्रिड कारमा कारको मोडल, ड्राइभिङ स्टाइल र सडक अवस्थाको आधारमा पनि माइलेज निर्भर हुन्छ ।
हाइब्रिड कारको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ । हाइब्रिड गाडी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...