बाइकको माइलेज स्कुटर भन्दा किन बढी ?

सामान्यतया स्कुटरको माइलेज बाइक भन्दा कम हुन्छ । उदाहरणको लागि होन्डाको १२५ सीसी एक्टिभाले ४७ किमी प्रतिघण्टाको माइलेज दिन्छ भने होन्डाको १२५ सीसी सुपर स्प्लेन्डरले ५७ किमी प्रतिघण्टाको माइलेज दिन्छ । बाइक र स्कुटरको माइलेजमा यति धेरै फरक किन हुन्छ ?

पाङ्ग्राको आकार
बाइक वा स्कुटरको माइलेज ह्विलमा निर्भर रहेको हुन्छ र पाङ्ग्राको आकारको कारणले पनि माइलेजमा असर पारेको हुन्छ । बाइकको पाङ्ग्रा ठुलो हुन्छ भने स्कुटरको पाङ्ग्रा सानो हुन्छ । बाइकको पाङ्ग्राले एक राउण्डमा बढी दूरी तय गर्छ त्यस्तै स्कुटरको पाङ्ग्राले कम दूरी तय गर्छ, जसले गर्दा माइलेजमा फरक असर परेको हुन्छ ।

अटोमेटिक ट्रान्समिसन
स्कुटर र बाइक बीचको ठूलो भिन्नता अटोमेटिक ट्रान्समिसन हो । स्कुटरमा गियर परिवर्तन गर्नु पर्दैन, यसमा ट्रान्समिसन अटोमेटिक हुन्छ । जबकि बाइकमा गियर परिवर्तन गर्न पर्छ । अटोमेटिक ट्रान्समिसनले पनि माइलेजमा प्रभाव पारेको हुन्छ । यही कारणले गर्दा स्कुटरले कम माइलेज दिन्छ र बाइकले बढी ।

इन्जिन
सन् १९९६ भन्दा पहिले स्कुटरमा टु स्ट्रोक इन्जिन प्रयोग गरिन्थ्यो र बाइकमा फोर स्ट्रोक इन्जिन । टु स्ट्रोक इन्जिनले बढी कार्बन मोनोअक्साइड उत्पादन गर्छ र इन्धन जलाउने क्षमता पनि बढी हुन्छ, जबकि फोर स्ट्रोक इन्जिनले कम पेट्रोल प्रयोग गर्छ र प्रदूषण पनि कम गर्छ । स्ट्रोकको कारणले गर्दा पनि स्कुटरले कम माइलेज र बाइकले बढी माइलेज दिन्थ्यो ।

सम्बन्धित समाचारहरू

हेल्मेट नलगाउने राइडरले अव इन्धन नपाउने, बागमतीका मुख्यमन्त्रीले दिए यस्तो निर्देशन

हेल्मेट नलगाउने राइडरले अव इन्धन नपाउने, बागमतीका मुख्यमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं–बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुई...

अटोमोबाइल उद्योगमा सन् २०२५ फर्केर हेर्दा, कति लन्च भए र कति बिक्री भए?

अटोमोबाइल उद्योगमा सन् २०२५ फर्केर हेर्दा, कति लन्च भए र कति बिक्री भए?

अटोमोबाइल उद्योगका लागि वर्ष २०२५ अत्यन्तै महत्वपूर्ण र परिवर्तनकारी...

वीरगञ्ज नाकाबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

वीरगञ्ज नाकाबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालु आर्थिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...