भाडा तोक्ने अधिकार, चालक रोज्ने स्वतन्त्रता! इनड्राइभ
काठमाडौं – विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले...
वर्षा याममा सडक दुर्घटना बढ्दै गएको छ । यो मौसमले विशेष गरी बाइकमा यात्रा गर्नेहरूको समस्या बढाएको छ । भिजेको बाटोमा ब्रेक लगाउन गाह्रो हुन्छ र चिप्लिने जोखिम पनि बढ्छ । वर्षामा बाइक चलाउँदा ड्रम ब्रेक वा डिस्क ब्रेकमा कुन राम्रो हुन्छ त ? जान्नुहोस्
बाइकमा २ प्रकारका ब्रेक उपलब्ध हुन्छ ड्रम र डिस्क ब्रेक । कतिपय मोटरसाइकलमा यी दुवै जडान गरिएको हुन्छ। जसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक हुन्छ, तर पावरफूल बाइकको दुवै पाङ्ग्रामा डिस्क ब्रेक हुन्छ ।
ड्रम ब्रेक र डिस्क ब्रेक दुवैको आफ्नै फाइदाहरू हुन्छन् । वर्षामा बाइकलाई चिप्लिनबाट जोगाउन डिस्क ब्रेक राम्रो मानिन्छ । यो ब्रेकले भिजेको र चिप्लो सडकमा ब्रेकिङ एरियाबाट पानी छिट्टै हटाउँछ, जसका कारण ब्रेक लगाउन कुनै समस्या हुँदैन र बाइकको टायर सडकमा चिप्लिँदैन । बाइकलाई छिट्टै रोक्नका लागि डिस्क ब्रेक बढी उपयोगी हुन्छ र यसले बाइकलाई सडकमा राम्रोसँग रोक्न मदत गर्छ ।
तर ड्रम ब्रेक वर्षामा टायर चिप्लिनबाट जोगाउनका लागि डिजाइन गरिएको हुँदैन । वर्षामा यसको परफर्मेन्स राम्रो हुँदैन । भिजेको बाटोमा अचानक ब्रेक लगाउनु पर्दा ड्रम ब्रेकले बाइक रोक्न बढी समय लाग्न सक्छ। जसका कारण मोटरसाइकल स्लिप र दुर्घटनाको जोखिम बढेको हुन्छ ।
डिस्क ब्रेक भएका बाइक ड्रम ब्रेक भएका बाइक भन्दा महँगो हुन्छ । वर्षा याममा सुरक्षित यात्रा गर्नका लागि डिस्क ब्रेक भएको बाइक छनोट गर्नु राम्रो हुन्छ ।
काठमाडौं – विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले...
गुगलले सेफ्टी ड्राइभिङका लागि एन्ड्रोइड अटोमा आर्टिफिसियल इन्टेलिजेन्स...
गत मंसिर महिनामा भारतको गोवामा सम्पन्न टीभीएस मोटोसोल २०२४ को १२५ सीसी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...