अगस्त १७, १८९६ : कार दुर्घटनामा पैदल यात्री मारिएको पहिलो दिन
सन् १८९६ को अगस्त १७ का दिन दुर्भाग्यवस ब्रिजेट ड्रिस्कोल सडकमा निस्किए र...
राष्ट्रिय आविष्कार केन्द्र चलाइरहेका अभियन्ता महावीर पुनको दिमागमा जहिले पनि देश विकास रहेको हुन्छ । यसका लागि अर्थतन्त्र बलियो बनाउनु पर्छ भन्ने उनको मान्यता छ । उनी हरदम नेपाली अर्थतन्त्र बलियो बन्नु पर्छ भन्ने मान्यता राख्छन् ।
नेपाली सडकमा प्रशस्तै कार गुडिरहेका हुन्छन् । ती कारले मानिसलाई एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्ने काम मात्र गर्छन् । हामीले नेपाली सडक र विभिन्न औद्योगिक क्षेत्रमा एस्काभेटर, डोजर लगायतका हेभी सवारी साधन पनि देख्छौ । यी हेभी सवारी साधन सडक निर्माण गर्न र विभिन्न औद्योगिक प्रयोजनका लागि उपयोग गरिन्छ ।
यद्यपि यी सवारी साधन कार भन्दा महंगा नहुन पनि सक्छन् । महावीर पुनले पहिलो पटक यस्ता हेभी सवारी साधन देख्दा उनले यसको मूल्य सोधेछन् । अनि उत्तर आयो ९९ लाख । उनलाई के लाग्यो भने ९० लाख भन्दा धेरै महंगो मूल्यका कार पनि नेपाली बजारमा उपलब्ध छन् । तर ९० लाखको जेसीबी (उनको भनाइ) ले त सडक खन्ने र विभिन्न विकास निर्माणका कार्य समेत गर्न सकिन्छ । त्यसैले उनले कार किन्नु भन्दा यस्ता जेसीबी किन्नु फाइदाजनक देखे । चिसो भनेकै कोकाकोला भने जस्तै जेसीबी ब्रान्डको लोकप्रियताका कारण धेरैले हेभी इक्विपमेन्टलाई जेसीबी भन्ने गरेको पाइन्छ ।

हाल विदेशबाट कार भित्र्याउदा करिव २४० प्रतिशत भन्सार र अन्तःशुल्क लगायतका कार तिर्नु परे पनि हेभी इक्विपमेन्टका लागि भने १ प्रतिशत मात्र कर तिर्नु पर्छ । यदि यसमा पनि कारकै जस्तो कर तिर्नु पर्ने भए कति महंगो पथ्र्यो होला ? यसकारण पनि धेरै हेभी इक्विपमेन्ट व्यवसायीले २०५१ सालका प्रधानमन्त्री मनमोहन अधिकारीलाई सम्झिन्छन् । उनकै पाला देखि यी इक्विपमेन्टमा भन्सार कर हटाइएको थियो ।
प्रसंग हिजो सम्पन्न नेपाल हेभी इक्विपमेन्ट अटो मेकानिकल व्यवसायी संघको साधारण सभाको हो । महावीर पुन विशिष्ट अतिथिको रुपमा साधारण सभामा निम्त्याइएका थिए । माथि उल्लिखित प्रशंग पुनले सोही साधारण सभामा प्रस्तुत गरेका थिए ।

पुनले भने, ‘हेभी इक्विपमेन्ट ल्याएर देश विकास गर्न सम्भव छ । तर देशको अर्थतन्त्र निर्माण गर्न गाहे छ ।’ उनले अनुसन्धान तथा आविष्कार नगरी केही चिज नबनेको बताए । उनले भने, ‘अनुसन्धान नगरी व्यापार हुँदैन । व्यापार नगरी अर्थतन्त्र सुदृढ हुँदैन ।’
महावीर पुनले हाल नेपालमै हेभी इक्विपमेन्ट बनाउन सम्भव नभए पनि १०/२० वर्ष पछि भने बनाउन सकिएला कि भनी आशावादी बने ।
सो अवसरमा नेपाल हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।
कार्यक्रमको मुख्य अतिथि रहेका पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतले पनि आफूसँग तत्काल खल्तीमा रहेको २० हजार रुपैयाँ केन्द्रलाई हस्तान्तरण गरेका थिए ।
सन् १८९६ को अगस्त १७ का दिन दुर्भाग्यवस ब्रिजेट ड्रिस्कोल सडकमा निस्किए र...
नेपालका सडकहरूमा गुड्ने ठूला तथा भारी (हेभी) सवारी साधनहरू ट्रक, बस र टिप्पर...
काठमाडौं – सवारी साधन बिक्री गरे पश्चात उपलब्ध गराइने बिक्री पछिको सेवा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...