चाँडै लन्च हुँदै रेनोको पहिलो इलेक्ट्रिक एसयूभी, फुल चार्जमा ४५० किलोमिटर
फ्रान्सको कार निर्माता कम्पनी रेनोले पहिलो इलेक्ट्रिक एसयूभी मेगेन ई–टेक...
चाइनिज न्यु इनर्जी भेइकल निर्माता कम्पनी बीवाईडीले सन् २०२४ मा याङवाङ यु९ सुपरकार सार्वजनिक गरेको थियो । यसमा प्रयोग भएको डिसस–एक्स सस्पेन्सनको वारेमा धेरै चर्चा भएको थियो ।
यही सस्पेन्सनका कारण कार सडकमा नाच्न, कुनै अवरोध भएमा उफ्रेर पार गर्न वा तीन वटा ह्विलमै ड्राइभ गर्न पनि सकिन्छ । यद्यपि कारको यो विशेषता कुन समयमा प्रयोग गर्ने भन्ने वारेमा भने ड्राइभर सचेत हुनु आवश्यक छ ।
हालै चाइनिज सोसल मिडियामा एउटा भिडियो भाइरल भएको छ, जसमा याङवाङ यु९ सडकमा डान्स गरिरहेको छ र ठूलो भिड यसको वरिपरी छ ।
केही समय पछि प्रहरीको साइरन बजेको सुनिन्छ । केही समय पछि प्रहरीले ड्राइभरलाई कारवाही गरेको पाइन्छ ।
यस्तै अर्को भिडियोमा समेत ड्राइभरले स्पिड बम्पर पार गर्न गाडीलाई उफार्ने प्रयास गर्छन् । तर सही समय नमिल्दा उपयुक्त स्थानमा पुग्दैन । यसका लागि फ्लोटिङ मोडलाई सही तरिकाले उपयोग गर्नु आवश्यक थियो ।
याङवाङ यु९ मा उपयोग गर्न सकिने यस्ता फिचरलाई भने सधै प्रयोग गर्नु आवश्यक पर्दैन । इमर्जेन्सीको समयमा मात्र यस्ता फिचर प्रयोग गर्न र यस्ता मोड एक्टिभ गरे पश्चात डिलरमा गाडी लिएर आवश्यक परीक्षण गर्न समेत कम्पनीले अनुरोध गरेको हुन्छ । तर ड्राइभरहरुले यसलाई वास्ता नगर्दा यस्ता घटना घटेको पाइन्छ ।
बीवाईडीले आफ्नै बीवाईडी भन्दा प्रिमियम ईभी ब्रान्ड निर्माण गर्नका लागि डेन्जा, फाङ चेङ बाओ र सबैभन्दा महंगो ब्रान्डको रुपमा याङवाङ गरी तीन नयाँ ब्रान्ड लन्च गरेको हो ।
यस मध्ये याङवाङ यु९ सुपरकार गत वर्षको फेब्रुअरीमा लन्च गरिएको थियो । यसको मूल्य २३ लाख ६ हजार डलर तोकिएको छ । यसमा विभिन्न फरक विशेषता रहेका छन् ।
फ्रान्सको कार निर्माता कम्पनी रेनोले पहिलो इलेक्ट्रिक एसयूभी मेगेन ई–टेक...
काठमाडौं – नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी...
काठमाडौं– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...