जब अचानक चिनियाँ सडकमा कार नाच्न थाल्यो, त्यसपछि ….

चाइनिज न्यु इनर्जी भेइकल निर्माता कम्पनी बीवाईडीले सन् २०२४ मा याङवाङ यु९ सुपरकार सार्वजनिक गरेको थियो । यसमा प्रयोग भएको डिसस–एक्स सस्पेन्सनको वारेमा धेरै चर्चा भएको थियो ।

यही सस्पेन्सनका कारण कार सडकमा नाच्न, कुनै अवरोध भएमा उफ्रेर पार गर्न वा तीन वटा ह्विलमै ड्राइभ गर्न पनि सकिन्छ । यद्यपि कारको यो विशेषता कुन समयमा प्रयोग गर्ने भन्ने वारेमा भने ड्राइभर सचेत हुनु आवश्यक छ ।

हालै चाइनिज सोसल मिडियामा एउटा भिडियो भाइरल भएको छ, जसमा याङवाङ यु९ सडकमा डान्स गरिरहेको छ र ठूलो भिड यसको वरिपरी छ ।

केही समय पछि प्रहरीको साइरन बजेको सुनिन्छ । केही समय पछि प्रहरीले ड्राइभरलाई कारवाही गरेको पाइन्छ ।

यस्तै अर्को भिडियोमा समेत ड्राइभरले स्पिड बम्पर पार गर्न गाडीलाई उफार्ने प्रयास गर्छन् । तर सही समय नमिल्दा उपयुक्त स्थानमा पुग्दैन । यसका लागि फ्लोटिङ मोडलाई सही तरिकाले उपयोग गर्नु आवश्यक थियो ।

याङवाङ यु९ मा उपयोग गर्न सकिने यस्ता फिचरलाई भने सधै प्रयोग गर्नु आवश्यक पर्दैन । इमर्जेन्सीको समयमा मात्र यस्ता फिचर प्रयोग गर्न र यस्ता मोड एक्टिभ गरे पश्चात डिलरमा गाडी लिएर आवश्यक परीक्षण गर्न समेत कम्पनीले अनुरोध गरेको हुन्छ । तर ड्राइभरहरुले यसलाई वास्ता नगर्दा यस्ता घटना घटेको पाइन्छ ।

बीवाईडीले आफ्नै बीवाईडी भन्दा प्रिमियम ईभी ब्रान्ड निर्माण गर्नका लागि डेन्जा, फाङ चेङ बाओ र सबैभन्दा महंगो ब्रान्डको रुपमा याङवाङ गरी तीन नयाँ ब्रान्ड लन्च गरेको हो ।

यस मध्ये याङवाङ यु९ सुपरकार गत वर्षको फेब्रुअरीमा लन्च गरिएको थियो । यसको मूल्य २३ लाख ६ हजार डलर तोकिएको छ । यसमा विभिन्न फरक विशेषता रहेका छन् ।

सम्बन्धित समाचारहरू

सीएफमोटो बाइक केयर क्याम्प सुरु

सीएफमोटो बाइक केयर क्याम्प सुरु

काठमाडौं – सीएफमोटो र जीहो ब्रान्डकाे नेपालका लागि आधिकारिक वितरक ऋषि...

साइकल र विद्युतीय कार किन्नेहरुका लागि एनएमबि बैंकले ल्यायो कर्जा योजना

साइकल र विद्युतीय कार किन्नेहरुका लागि एनएमबि बैंकले ल्यायो कर्जा योजना

काठमाडौं – स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिवद्धता देखाउँदै एनएमबि...

नाडा अटो शोको आकर्षण : पहिलो पटक नेपाल भित्रिदै सेरेस ३, अटो शोमा लन्च हुने

नाडा अटो शोको आकर्षण : पहिलो पटक नेपाल भित्रिदै सेरेस ३, अटो शोमा लन्च हुने

काठमाडौं – आगामी भाद्र २६ देखि हुने नाडा अटो शोमा सेरेस ३ इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...