नाडा अटो शोको आकर्षण : पहिलो पटक नेपाल भित्रिदै सेरेस ३, अटो शोमा लन्च हुने

काठमाडौं – आगामी भाद्र २६ देखि हुने नाडा अटो शोमा सेरेस ३ इलेक्ट्रिक कार लन्च हुने भएको छ । नेपालमा एमएडब्ल्यु वृद्धि अटोकर्प प्रालिले यसको आधिकारिक वितरकको रुपमा सो कार लन्च गर्नेछ ।

एमएडब्ल्यु ग्रुप अन्तर्गत हाल स्कोडा, जिप, जेसीबी, यामाहा, चांगन र फोटोन लगायतका ब्रान्ड नेपाली बजारमा उपलब्ध भइरहेकोमा अब सेरेस पनि थपिने भएको हो ।

अमेरिकाको सिलिकन भ्यालीमा सेरेस ब्रान्डको स्थापना भएको थियो । टेस्ला स्थापनाको समेत आधार भएको सोही स्थानमा सन् २०१६ मा चाइनिज सोकोन इन्डष्ट्री ग्रुपबाट यसको स्थापना भएको हो । विश्वका ७० भन्दा बढी देशहरुमा उपस्थिति जनाइसकेको सेरेस ग्रुपलाई ईभी इन्डष्ट्रीकै लिडर मानिन्छ ।

अमेरिका, जापान र चीनमा रहेका आरएन्डडी सेन्टरलाई कनेक्ट गरी सेरेसले डेडिकेटेड ईभी फ्यासिलिटीसँग आरएन्डडी नेटवर्कलाई विश्वव्यापी रुपमा जोडेको छ ।

विश्व प्रसिद्ध टेक्नोलोजी कम्पनी हुवावेसँग रणनीतिक रुपमा जोडिनु सेरेसको अर्को उपलब्धि हो । कनेक्टिभिटी, स्मार्ट टेक्नोलोजी र डिजिटल सोलुसनका लागि हुवावेको प्रविधि प्रयोग गरी सेरेसका ग्राहकलाई सिमलेस तथा इन्टेलिजेन्ट ड्राइभिङ अनुभव प्रदान गर्नु कम्पनीको महत्वपूर्ण विशेषता हो ।

सेरेस ३ मा ९९ किलोवाटको मोटर छ । यसमा भएको ५२.७ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४०५ किलोमिटर रेन्ज दिन्छ । सो गाडीको ग्राउन्ड क्ल्यिरेन्स १९० एमएम छ ।

सेफ्टी फिचरको रुपमा सेरेस ३ मा ६ एयरब्याग, ईएसपी, ईबीए/ईबीडी, हिल लन्च असिस्टेन्स, अटो होल्ड, एचडीसी, टीपीएमएस, लेन डिपार्चर वार्निङ र ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा आदि छन् ।

त्यसैगरी यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, प्यानोरामिक सनरुफ, एलईडी हेडलाइट, डीआरएलएस, अटो फोल्ड ओआरभीएमएस, इलेक्ट्रिकल्ली एड्जस्टेबल सिट, मल्टी ड्राइभ मोड, हिटेड फ्रन्ट सिट आदि फिचर छन् ।

यसको मूल्य र अन्य फिचर समेत सोही अवसरमा सार्वजनिक गरिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

चितवन र बुटवलमा सेगवेको नयाँ शोरुम विस्तार

चितवन र बुटवलमा सेगवेको नयाँ शोरुम विस्तार

काठमाडौं– सेगवे नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले...

नेपालकै सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक

नेपालकै सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक

काठमाडौं – नेपाली बजारमा दीगो ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध गराइरहेको...

गोगोरोले ल्यायो नेपालमै पहिलो पटक विद्युतीय स्कुटरमा ‘वाई ब्याक ग्यारेन्टि’

गोगोरोले ल्यायो नेपालमै पहिलो पटक विद्युतीय स्कुटरमा ‘वाई ब्याक ग्यारेन्टि’

काठमाडौ–गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युला इनर्जीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...