सीएफमोटो बाइक केयर क्याम्प सुरु

काठमाडौं - सीएफमोटो र जीहो ब्रान्डकाे नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले, कालोपुल स्थित आफ्नो अत्याधुनिक प्रविधि तथा दक्ष मेकानिक्स सहितको सर्भिस सेन्टरमा मंगलबारदेखि ७ दिने सीएफमोटो सर्भिस केयर क्याम्प सञ्चालन गरेकाे छ ।

कम्पनीका अनुसार सीएफमोटो ब्रान्ड युवाहरुमा लोकप्रिय रहेको र कोभिड पश्चात विभिन्न कारणले यसको बिक्री तथा सेवामा केही ढिलाई भएता पनि अहिले नयाँ आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टर नियुक्त भएसँगै कम्पनीले यो पहिलो वृहत सर्भिस केयर क्याम्प सञ्चालन गर्न लागेको हो ।

‘बिक्रीपछिको सेवा नै अटोमाेटिभ व्यापारको टेवा’को नारा साथ कम्पनीले सीएफमोटोका सम्पूर्ण प्रयोगकर्ताहरुलाई यसरी नै सर्भिस र स्पेयर पार्ट्सकाे सेवा निरन्तर दिइरहने जानकारी दिएको छ ।

यस क्याम्पमा सहभागी हुने सीएफमोटो बाइकका प्रयोगकर्ताहरुले क्याम्प अवधिभर स्पेयर पार्टसमा १० प्रतिशत छुट, फ्रि-बाइक वास, लेबर केयरमा ५० प्रतिशत छुट, ल्युब आयलमा ५ प्रतिशत छुट तथा हरेक दिन लक्की ड्र मार्फत सात जनाले सात दिनमा एक सालको लागि सीएफमोटोको स्पेयर पार्ट्समा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

यसका साथै गोला प्रथा मार्फत सात दिनमा आफ्ना सीएफमोटोका बाइक सर्भिसिङ गराउन आउने ग्राहकहरुमध्ये एक जना भाग्यशाली बिक्रेताले फ्रि बाइक कोटिङ गराउन सक्ने छ । सीएफमोटोको सर्भिस सेन्टर काठमाडौंको धोविखोलामा अवस्थित छ । जहाँबाट ग्राहकहरुले सीएफमोटोलगायत जीहोको पनि सर्भिस तथा पार्टसको सुविधा पाउन सक्नेछन् ।

सीएफमोटोको एनके २५०, एनके ४५०, एसआर २५० जस्ता आकर्षक तथा हाइ पर्फमेन्स बाइकहरु पुनः यस सेन्टरले नेपाली बजारमा पहिचान गरेको छ । साथ साथै इभी टु ह्वीलर सेग्मेन्टमै प्रिमियम र डुरेबल मानिने उच्च प्रविधि जडित जीहोका इलेक्ट्रिक स्कुटर एई ६ र एई६ प्लस एलआर तथा एई८ मोडलहरु पनि यसै ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले आफ्नो नक्साल, झम्सिखेल तथा सल्लाघारी स्थित शोरुमहरुबाट बिक्री वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक ट्याक्सीमा टाटा टिगोर, महिन्द्रा ई–भेरिटो र बीवाईडी एम३ को सम्भावना

इलेक्ट्रिक ट्याक्सीमा टाटा टिगोर, महिन्द्रा ई–भेरिटो र बीवाईडी एम३ को सम्भावना

काठमाडौं – वाग्मती प्रदेश सरकारले सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको...

नेपालमा इलेक्ट्रिक स्कुटर र बाइकका ब्याट्री : कसरी फेर्ने ? कहिले फेर्ने ? के छ सम्भावना ?

नेपालमा इलेक्ट्रिक स्कुटर र बाइकका ब्याट्री : कसरी फेर्ने ? कहिले फेर्ने ? के छ सम्भावना ?

नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारीको बिक्री बढ्दै गएको छ। तर यसमा भएको...

मिनी एसयूभी भीएफ–३ लाई भारतमा उत्पादन गर्दै भीनफास्ट, नेपाल पनि आउने

मिनी एसयूभी भीएफ–३ लाई भारतमा उत्पादन गर्दै भीनफास्ट, नेपाल पनि आउने

भियतनामी ईभी निर्माता भीनफास्टले भारतमा भीएफ–३ इलेक्ट्रिक मिनी–एसयुभीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...