१२५ सीसी सेग्मेन्टमा टीभीएस रेडरको बजार कस्तो रहला : तुलनात्मक विश्लेषण

विशेषतः प्रौढ उमेर समूहका उपभोक्ताले बढी मात्रामा रुचाउँदै आइरहेको १२५ सीसी सेग्मेन्टमा पछिल्लो समय टीभीएसले रेडर मोडललाई बजारमा उतार्ने अन्तिम तयारी थालेको छ । अबको केहीदिन भित्रै यो मोटरसाइकललाई नेपाली बजारमा औपचारिक लन्च गरिने आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ ।

हाल बजारमा उपलब्ध यही सेग्मेन्टका अन्य बाइकको तुलनामा पृथक लुक्स तथा डिजाइन र आधुनिक फिचर्स उपलब्ध भएको रेडरलाई नेपाली उपभोक्ताले अत्यधिक मात्रामा रुचाउने कम्पनी स्रोतले विश्वास लिएको छ । भारतीय बजारमा सार्वजनिक भएलगत्तै नेपाली उपभोक्ताको समेत ध्यान खिच्दै लगेको यो मोटरसाइकलले यो सेग्मेन्टमा बजारको नेतृत्व गर्ने अनुमान गर्न थालिएको छ ।

हाल १२५ सीसी सेग्मेन्टमा होन्डा साइन, बजाज पल्सर र डिस्कभर, हिरो ग्ल्यामर र सुपर स्प्लेन्डर तथा टीभीएस स्ट्राइकर उपलब्ध छन् । जसमध्ये होन्डा साइन, बजाज डिस्कभर र हिरो सुपर स्प्लेन्डरको बजार हिस्सा निकै राम्रो रहेको पाइन्छ । रेडर सार्बजनिक भएपछि यो सेग्मेन्टमा एउटा बलियो प्रतिस्पर्धी थपिने र यसले हाल विद्यमान यो सेग्मेन्टको बजार समीकरणमा फेरबदल ल्याउने अड्कलबाजी समेत गर्न थालिएको छ ।

यो सेग्मेन्टको मार्केट लिडर होन्डा सीबी साइन एसपीभन्दा ७ हजार रुपैयाँले सस्तो पर्ने यो मोटरसाइकलको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकिएको छ । होन्डा साइनको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । मूल्य कम भएपनि पावर र टर्कको मामलामा रेडर साइनभन्दा केही पावरफुल देखिएको छ । साइनको पावर १०.१६ बीएचपी र टर्क १०.३० एनएम रहेकोमा रेडरको पावर ११.४ एचपी र टर्क ११.२ एनएम रहेको छ । कम्फर्ट र सेफ्टि फिचर्सको मामलामा समेत रेडर साइनको तुलनामा मबजुत रहेको देखिन्छ ।

साइनपछि दोस्रो बढी बिक्री हुने बजाज डिस्कभरको मूल्य २ लाख ९ सयदेखि २ लाख २५ हजार ९ सय रुपैयाँसम्म कायम गरिएको छ । यो बाइकको पावर १२.८ पीएस र टर्क ११ एनएम रहेको छ । त्यसैगरी बजाजकै पल्सर १२५ को मूल्य २ लाख ४४ हजार ९ सय पर्छ । यो बाइकको अधिकतम पावर ११.८ पीएस र टर्क १०.८ एनएम रहेको छ । यो सेग्मेन्टमा पल्सर १२५ खासै सफल मोडल मानिदैन ।

उता यो सेग्मेन्टकै सस्तो मोटरसाइकलका रुपमा परिचित हिरो सुपर स्प्लेन्डरको मूल्य २ लाख ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । उच्चतम माइलेज प्रदान गर्ने हुँदा नेपालको तराई भेगमा यो बाइकलाई अत्यधिक रुचाइदै आएको छ । सुपर स्प्लेन्डरको अधिकतम पावर ९ बीएचपी र टर्क १०.३५ एनएम रहेको छ । त्यसैगरी हिरोकै १२५ सीसी अर्को बाइक ग्ल्यामरको मूल्य २ लाख ५ हजारदेखि २ लाख २६ हजार ५ सय रुपैयाँसम्म निर्धारण गरिएको छ । यो बाइकको अधिकतम पावर ११.१ बीएचपी र टर्क ११ एनएम रहेको छ ।

यो सेग्मेन्टका उपलब्ध अर्को बाइक टीभीएसकै स्ट्राइकरको मूल्य २ लाख १२ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो बाइकको अधिकतम पावर ११ बीएचपी र टर्क १०.८ एनएम रहेको छ । मूल्य कम तोकिएपनि यो बाइक नेपाली बजारमा खासै सफल मानिदैन ।

टीभीएसले यसअघि सार्वजनिक गरेको नयाँ मोटरसाइकल तथा स्कुटरले बजारमा निकै राम्रो प्रतिक्रिया बटुल्दै लगेबाट पनि यो मोटरसाइकल समेत नेपाली बजारमा सफल हुने अनुमान गरिएको हो ।

सम्बन्धित समाचारहरू

भ्वाइस असिस्ट फिचर्स भएको पहिलो स्कुटर, टिभिएस एनटर्क रेस एक्सपी

भ्वाइस असिस्ट फिचर्स भएको पहिलो स्कुटर, टिभिएस एनटर्क रेस एक्सपी

टिभिएस मोटर्सले स्कुटर सेग्मेन्टमा पहिलो पटक भ्वाइस असिस्ट फिचर्स सामेल...

टीभीएस अपाचे आरटीआर १६० बाइक अब अझ सुरक्षित र स्मार्ट

टीभीएस अपाचे आरटीआर १६० बाइक अब अझ सुरक्षित र स्मार्ट

टीभीएस मोटर कम्पनीले भारतको १६० सीसी मोटरसाइकल खण्डमा आफ्नो...

टीभीएसमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’, ३,९९९ ईएमआईमा बाइक र स्कुटर पाइने

टीभीएसमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’, ३,९९९ ईएमआईमा बाइक र स्कुटर पाइने

काठमाडौं – नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...