आज अध्यादेशबाट आउदै बजेट : इलेक्ट्रिक गाडीमा कर घट्ने र अन्य माग सम्बोधन हुने अपेक्षा

काठमाडौं – आज सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने निश्चित भएको छ । अध्यादेशमार्फत ल्याइने यस बजेटमा अन्य कुराका अतिरिक्त इलेक्ट्रिक कारमा लगाइएको कर केही घट्ने अपेक्षा व्यवसायीहरुले गरेका छन् ।

चालु आर्थिक वर्षको बजेटले विद्युतीय सवारी साधनमा लाग्दै आएको कर वृद्धि भएसँगै जनस्तरबाट व्यापक आलोचना भएको थियो । डा। युवराज खतिवडापछि आएका अहिलेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय कारमा लगाइएको अन्तःशुल्कमा ७५ प्रतिशतसम्म छुट दिएका थिए ।

अटोमोबाइल व्यवसायीहरुको साझा संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विद्युतीय कारमा अघिल्लो आर्थिक वर्षसम्म लाग्दै आएको १० प्रतिशत भन्सार र मूल्य अभिवृद्धि कर मात्रै लाग्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

नाडाले मोटरसाइकल नेपालको धेरै क्षेत्रको लागि प्रमुख यातायातको साधन रहेको तथ्यांक राख्दै मोटरसाइकलको पार्टस् तथा हेलमेटमा लाग्दै आएको भन्सार महशुल कम गर्न सुझाव दिएको छ ।

अहिले दुई पाङ्ग्रे सवारी साधनमा प्रयोग हुने पार्टस १५ प्रतिशत र मानव सुरक्षाको लागि प्रयोग हुने हेल्मेटमा समेत १५ प्रतिशत भन्सार लगाउँदै आएको छ । यसलाई घटाएर पार्टसमा ५ प्रतिशत र हेल्मेटमा कुनै भन्सार महशुल नलाग्ने व्यवस्था गर्न नाडाले माग गरेको छ ।

नेपालको भौगोलिक हिसाबले समेत ज्यादै उपयुक्त रहेका मोटरसाइकलमा सर्वसाधारणको पहुँच विस्तार गर्न कम सीसीका मोटरसाइकलमा भन्सार छुट दिन नाडाले सुझाएको छ ।

कार, जिप, भ्यान र तिनका च्यासिसमा हाल ६० देखि १०० प्रतिशत सम्म अन्तःशुल्क लाग्दै आएकोमा यी सबैमा ६० प्रतिशत मात्र अन्तःशुल्क कायम गर्न नाडाले माग गरेको छ ।

हाल भन्सार दर अति उच्च भएकाले नै १०० रुपैयाँमा आयात हुने सवारी साधनलाई ३३० रुपैयाँ सम्म राजस्व तिर्नु पर्ने अवस्था भएकोले करको दरमा पुनर्विचार गरिनु पर्ने नाडाको माग छ ।

नेपालस्थित आधिकारिक विक्रेताले मात्र सवारी साधन बिक्री गर्न पाउनु पर्ने, बैंक तथा वित्तीय निकायहरुले व्यक्तिगत ऋण कूल आम्दानी मध्ये ५० प्रतिशत मात्र दिन सक्ने हालको व्यवस्थालाई ७० देखि ८० प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था हुनु पर्ने, नेपालमा एसम्बलिङ हुने चारपांगे्र तथा दुई पांग्रे सवारी साधनहरुको हकमा अन्तःशुल्क महशुलमा ५० प्रतिशत र भन्सार महशुल दरमा पनि ५० प्रतिशत छुटको व्यवस्था हुनु पर्ने आदि माग गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

अटो पत्रकार संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अटो पत्रकार संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोबाइल एसोसिएसनले आयोजना गरेको अटो पत्रकार संघ(जाम)को स्वागत तथा...

भाद्र ३ देखि ८ गते सम्म नाडा अटो शो २०२५ हुने, खुल्यो रजिष्ट्रेशन

भाद्र ३ देखि ८ गते सम्म नाडा अटो शो २०२५ हुने, खुल्यो रजिष्ट्रेशन

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आगामी २०८२ भाद्र ३...

नयाँ संगठन नाइमाको बोर्ड अफ डाइरेक्टर बने यी अटोमोबाइल व्यवसायी

नयाँ संगठन नाइमाको बोर्ड अफ डाइरेक्टर बने यी अटोमोबाइल व्यवसायी

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा कार्यरत रहेकै समयमा बनेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...