चल्दाचल्दै ट्रक चार्ज हुने वायरलेस प्रविधि
अमेरिकाको पर्ड्यू विश्वविद्यालयका इन्जिनियरहरूले इन्जिन निर्माता...
सवारी साधनका लागि नयाँ नयाँ प्रविधिको विकास भइरहेको छ । पछिल्लो समयमा पेट्रोल र डिजेलको मूल्य बढ्दै गएका कारण इलेक्ट्रिक र हाइब्रिड कारको माग बढ्दै गएको छ । हाइब्रिड र इलेक्ट्रिक कारमा कुन कार उत्कृष्ट हुन्छ ? जानौँ :
हाइब्रिड कारमा पेट्रोल वा डिजेल इन्जिन र इलेक्ट्रिक मोटर गरी दुई फरक प्रविधिको प्रयोग भएको हुन्छ । सो दुवै इन्जिनले कार चलाउन संयुक्त शक्ति प्रयोग गर्छ । हाइब्रिड कारलाई माइल्ड हाइब्रिड र स्ट्रङ हाइब्रिड गरी दुई वर्गमा विभाजन गरिएको छ ।
माइल्ड हाइब्रिड कार : सो कार पेट्रोल र डिजेल कार जस्तै हुन्छ, तर यसमा सानो इलेक्ट्रिक मोटर पनि प्रयोग गरिएको हुन्छ, जसले कारको माइलेज बढाउन मद्दत गर्छ। माइल्ड हाइब्रिड कार पूर्ण रूपमा इलेक्ट्रिक मोडमा चलाउन सकिदैन ।
स्ट्रङ हाइब्रिड कार : यसलाई फुल हाइब्रिड कार भन्न सकिन्छ । सो कार पूर्ण रूपमा इलेक्ट्रिक मोडमा चलाउन सकिन्छ । यस प्रकारको प्रविधिले सुसज्जित कारले कम गतिमा ब्याट्री मात्र प्रयोग गर्छ र उच्च गतिमा चलाउँदा यसले आईसीई इन्जिनको प्रयोग गर्छ । यस्तो कार अटोमेटिक रूपमा पेट्रोलबाट इलेक्ट्रिक मोटर इन्जिनमा स्विच गर्न सकिन्छ।
इलेक्ट्रिक कार पूर्ण रूपमा ब्याट्रीमा निर्भर हुन्छ । यसमा कुनै प्रकारको आईसीई इन्जिन प्रयोग हुँदैन । यसमा जडान गरिएको ब्याट्री चार्जिङ स्टेशन वा घरमै चार्ज गर्न सकिन्छ । यी कारको ब्याट्रीले एक पटक फुल चार्ज गरेपछि २०० देखि ५०० किलोमिटरको ड्राइभिङ रेन्ज दिन सक्छ । अमेरिका, युरोप र चीन जस्ता देशमा यस्ता सवारी साधनको विस्तार तीव्र गतिमा बढिरहेको छ। साथै नेपालमा पनि इलेक्ट्रिक कारको माग दिनानुदिन बढ्दै गएको छ ।
अमेरिकाको पर्ड्यू विश्वविद्यालयका इन्जिनियरहरूले इन्जिन निर्माता...
कारमा सेफ्टी फिचर सामान्य बन्दै गएको छ । कारको सेफ्टी फिचरले कारमा यात्रा...
मर्चवार (लुम्बिनी) – उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...