६ लाख सेवाग्राही लाइसेन्सको पखाईमा, कहिले पाइएला नयाँ लाइसेन्स

काठमाडौं – हाल चालक अनुमति पत्र अर्थात स्मार्ट लाइसेन्सको पर्खाइमा धेरै छन् । देशभर नयाँ र पुराना गरी करिब ६ लाख सेवाग्राही यसको पर्खाइमा रहेको बताइन्छ । यद्यपि पुस दोस्रो साताबाट प्रतिदिन ६ लाख प्रिन्ट हुने गरी यसको प्रिन्ट थालिएको र सम्बन्धित कार्यालयमा पठाउन थालिएको छ ।

लाइसेन्सको लागि प्रक्रिया पुरा गरेका ७ हजार सेवाग्राही भएको र करिब १ लाख १५ हजार लाइसेन्स प्रिन्ट गरेर सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको छ । विभिन्न कठिनाईका कारण भनेकै समयमा स्मार्ट लाइसेन्स प्रदान गर्न नसकिने बाध्यता रहेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेको भनाइ छ । उनका अनुसार प्रदेश मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयमा जनशक्ति र प्रविधिको प्रयोग नबढेसम्म प्रक्रिया पूरा गरे पनि तुरुन्त लाइसेन्स दिन सक्ने अवस्था छैन ।

घिमिरेका अनुसार विदेश जाने र अति जरुरी परेकालाई चाँडो लाइसेन्स प्रिन्ट गरेर दिनुपर्ने कारण त्यसको पनि लोड परेको हुँदा एक सिफ्ट यसका लागि छुट्याइएको छ । हाल यस्ता सेवाग्रहीले एक हप्ता पश्चात तुरुन्तै लाइसेन्स पाउने व्यवस्था छ ।

मेसिनले एक घण्टामा ४ सय ५० वटा कार्ड छाप्न सक्छ । देशभर २१ वटा यातायात व्यवस्था कार्यालय छन् । काठमाडौंमा रहेका ४ वटा यातायात व्यवस्था कार्यालयमा प्रिन्ट भएको लाइसेन्स पठाइसकिएको विभागका सूचना अधिकारी तथा निर्देशक लोकनाथ भुसालले जानकारी दिएका छन् ।

अहिले भने नयाँ सवारी चालक अनुमति प्राप्त गर्ने व्यक्तिका लागि एक वर्षको परीक्षणकालीन कार्ड दिइनेछ, जुन सबै यातायात व्यवस्था कार्यालयबाट ट्रायल पास गर्नासाथ पाइन्छ ।

सम्बन्धित समाचारहरू

लुम्विनी प्रदेशमा लाइसेन्सको ट्रायल दिँदा परीक्षार्थीले आफ्नै गाडी प्रयोग गर्न पाउने

लुम्विनी प्रदेशमा लाइसेन्सको ट्रायल दिँदा परीक्षार्थीले आफ्नै गाडी प्रयोग गर्न पाउने

लुम्बिनी प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिँदा आफ्नै...

साउन १ गतेदेखि क्यूआर कोड सहितको परीक्षणकालीन लाइसेन्स पाइने

साउन १ गतेदेखि क्यूआर कोड सहितको परीक्षणकालीन लाइसेन्स पाइने

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को...

तपाईको स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी हेर्नुस्

तपाईको स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी हेर्नुस्

अहिले स्मार्ट ड्राइभिङ लाइसेन्सको चर्चा धेरै छ । तर पनि समयमै पाइदैन । लामो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...