चलिरहेको कारमा इन्जिन स्टार्ट स्टप बटन थिच्दा के हुन्छ ? नयाँ चालकका लागि महत्वपूर्ण जानकारी

आधुनिक कारहरूमा इन्जिन स्टार्ट गर्न वा स्टप गर्नका लागि साँचो प्रयोग नगरी एक थिचाइमै इन्जिन स्टार्ट वा स्टप गर्नका लागि एउटा सजिलो सुविधा जडान गरिएको हुन्छ । यही बटन कार चलिरहेको बेला थिचियो भने के हुन्छ ? के इन्जिन तुरुन्तै बन्द हुन्छ, कार लक हुन्छ वा कुनै असर पर्दैन? यसको उत्तर कारको सिस्टम र बटन थिच्ने तरिकामा निर्भर रहन्छ ।

अधिकांश आधुनिक सवारी साधनहरूमा सुरक्षालाई ध्यानमा राखेर विशेष सिस्टम जडान गरिएको हुन्छ। यदि चालकले गल्तिवश कार गुडिरहेको अवस्थामा एक पटक मात्र इन्जिन स्टार्ट/स्टप बटन थिचेमा सामान्यतया इन्जिन बन्द हुँदैन । सवारी निरन्तर चलिरहन्छ, तर ड्यासबोर्डमा चेतावनी बत्ती बल्न सक्छ र बटनमा झिम्किने संकेत देखिन सक्छ। यसरी आकस्मिक रूपमा इन्जिन बन्द भएर दुर्घटना हुने जोखिमलाई कम्पनीले कम गरेका छन्।

तर यदि चालकले उक्त बटनलाई दुईदेखि तीन सेकेन्डसम्म लगातार थिचिराखेमा सवारीले यसलाई आपतकालीन अवस्थाको रूपमा लिन्छ। यस्तो अवस्थामा इन्जिन बन्द हुन सक्छ र उपकरण प्यानल निष्क्रिय जस्तो देखिन सक्छ। इन्जिन बन्द भएसँगै पावर स्टेयरिङ र ब्रेक सिस्टममा असर पर्न सक्छ, जसका कारण स्टेयरिङ निकै भारी बन्ने र ब्रेक लगाउँदा बढी बल प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ। यद्यपि यी सिस्टमहरू पूर्ण रूपमा असफल नहुने भए पनि सवारी कन्ट्रोल गर्न कठिन हुन सक्छ। केही कम्पनीहरूका सवारी साधनमा इन्जिन बन्द भएपछि गियर स्वतः तटस्थ अवस्थामा सर्ने व्यवस्था पनि गरिएको हुन्छ।

चलिरहेको अवस्थामा बटन बारम्बार थिच्दा झन् जटिल समस्या उत्पन्न हुन सक्छ। केही सवारी साधनमा यस्तो गर्दा इन्जिन बन्द हुनसक्ने, ड्यासबोर्डमा वार्निङ संकेत देखिन सक्ने र त्रुटि कोड देखा पर्ने सम्भावना हुन्छ, जसलाई समाधान गर्न सवारी पुनः स्टार्ट गर्नुपर्ने अवस्था आउन सक्छ।

कम्पनीले यस्तो सिस्टम जानाजानी विकास गरेका हुन्, ताकि चालकले गल्तीले बटन छोए पनि कुनै ठुलो जोखिम नहोस्। साथै, आवश्यक परेमा यसलाई आपतकालीन रूपमा सवारी रोक्ने उपायका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

यदि एक पटक गल्तीले बटन थिचियो भने चिन्ता लिनु आवश्यक छैन, सवारीमा कुनै गम्भीर समस्या आउँदैन। तर जानाजानी वा परीक्षणका लागि चलिरहेको अवस्थामा यस्तो प्रयास गर्नु अत्यन्त जोखिमपूर्ण हुन सक्छ, किनकि स्टेयरिङ र ब्रेक सिस्टममा आउने परिवर्तनले दुर्घटना निम्त्याउन सक्छ।

सम्बन्धित समाचारहरू

पोलिसी डायलगमा मन्त्री देखि अभियन्ता सम्म, चर्चामा अटोमोबाइल तथा बेटर मोबिलिटी

पोलिसी डायलगमा मन्त्री देखि अभियन्ता सम्म, चर्चामा अटोमोबाइल तथा बेटर मोबिलिटी

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा देश विदेशका...

अनलाइन कार डिलर एक साताभित्रै बन्द हुँदै : ९० हजार गाडी स्टकमा, सयाै‌‌को जागिर धरापमा

अनलाइन कार डिलर एक साताभित्रै बन्द हुँदै : ९० हजार गाडी स्टकमा, सयाै‌‌को जागिर धरापमा

करिव ९१ हजार कार बिक्रीका लागि स्टकमा भइरहेको समयमा प्रतिष्ठित अनलाइन कार...

इनड्राइभको महिला उद्यमीलाई लगानी र नेटवर्कसँग जोड्ने योजना

इनड्राइभको महिला उद्यमीलाई लगानी र नेटवर्कसँग जोड्ने योजना

काठमाडौं–इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...