कारमा गलत फ्युल हालेमा के हुन्छ ? सावधानीका लागि यसो गर्नुस्

गाडी मुख्यतया पेट्रोल र डिजेलमा चल्छ । डिजेल इन्जिन भएको गाडी पेट्रोलमा चल्न सक्दैन र पेट्रोल इन्जिन भएको कारमा डिजेल हाल्न सकिँदैन । भूलवश पनि कारको ट्याङ्कीमा गलत इन्धन हालियो भने कारको इन्जिनमा ठुलो क्षति पुग्न सक्छ ।

डिजेलले लुब्रिकेशन तेलको रूपमा काम गर्छ, जसको कारण इन्धन पम्प र इन्जिनसँग सम्बन्धित अन्य भागहरू ठिकसँग काम गर्छ । यदि डिजेल ट्याङ्कीमा पेट्रोल खन्याएमा, कार स्टार्ट गर्ने बित्तिकै पेट्रोल इन्जिनको हरेक भागमा पुग्छ ।  यसले गाडीका पार्टपुर्जाहरूबिच घर्षण बढाउँछ र  इन्जिन ठुलो क्षति पुग्न सक्छ।

कारको ट्याङ्कीमा डिजेलको सट्टा पेट्रोल राख्दा कार स्टार्ट गर्नु हुँदैन  यस्तो अवस्थामा कार स्टार्ट गरियो भने डिजेलमा मिसिएको पेट्रोल तुरुन्तै इन्जिनमा पुग्छ र गाडीको धेरै पार्टहरु क्षतिग्रस्त हुने सक्छ । त्यसैले कारमा गलत इन्धन राखिएको थाहा भएमा कारलाई छेउमा धकेल्नुहोस् र मेकानिकलाई बोलाउनुहोस् ।

डिजेल कारमा गल्तीले पेट्रोल भर्दा सर्वप्रथम मेकानिक्समार्फत ट्याङ्कीबाट पेट्रोल निकालिन्छ र फ्युल लाइन सफा गरिन्छ । आवश्यक परेमा इन्धन फिल्टर पनि परिवर्तन गरिन्छ ।  तर पनि डिजेल कारको ट्याङ्कीमा ५ प्रतिशत पेट्रोल भने बाँकी रहन्छ । यद्यपि यति थोरै मात्रामा पेट्रोल भए पनि इन्जिनमा खासै असर पर्दैन ।

यदि गाडीमा पेट्रोलको सट्टा डिजेल भरिन्छ भने यसको क्षति सामान्यतया सीमित हुन्छ । पेट्रोल डिजेलको तुलनामा धेरै रिफाइन हुन्छ र इन्जिनको स्पार्क प्लगबाट स्पार्क इग्निशन सिर्जना गर्छ । पेट्रोल कारको इन्जिन ट्याङ्कीमा डिजेलले क्र्याङ्क गरिएको छ भने, स्पार्क प्लग र फ्युल सिस्टम डिजेलले बन्द हुन्छ । साथै, इन्धन फिल्टर पनि क्षतिग्रस्त हुन्छ । यस्तो अवस्थामा कार रोकिन्छ र इन्जिन मिस फायर भएर धेरै धुवाँ निस्कन्छ । यस्तो अवस्थामा डिजेललाई पूर्ण रूपमा सफा गर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचारहरू

पेट्रोलियम पदार्थको अभाव  हुन सक्ने सम्भावना, ढुवानी कर्ताहरुले गरे खोपको आग्रह

पेट्रोलियम पदार्थको अभाव हुन सक्ने सम्भावना, ढुवानी कर्ताहरुले गरे खोपको आग्रह

काठमाडौं – नेपाल पेट्रोलियम ट्यांकर चालक संघले खोपको व्यवस्था नभएसम्म...

अब सवारी साधनको परीक्षण प्रदूषण उपकरणबाट गरिने, यस्तो छ तयारी

अब सवारी साधनको परीक्षण प्रदूषण उपकरणबाट गरिने, यस्तो छ तयारी

काठमाडौँ – खरिद गरिएको झण्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण...

गल्फको सिन्थेटिक इन्जिन आयल अब नेपालमै उत्पादन हुने

गल्फको सिन्थेटिक इन्जिन आयल अब नेपालमै उत्पादन हुने

बिश्व प्रसिद्ध बहुराष्ट्रिय कम्पनी गल्फको सिन्थेटिक अयाल नेपालमै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...