नाडाको अध्यक्षमा करण चौधरीलाई नवराज डल्लाकोटीको पनि समर्थन
काठमाडौँ – नाडा अध्यक्ष पदका लागि केही दिनदेखि चर्चामा रहेका...
नाडा अटोमोबाइल एसोसिएसनले आयोजना गरेको अटो पत्रकार संघ(जाम)को स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा हिजो आयोजना गरिएको उक्त कार्यक्रममा अटो पत्रकार संघको नबगठित कार्यसमितीलाई नाडाले स्वागत तथा सम्मान गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
नाडाका महासचिब सुनिल रिजालको स्वागत तथा शुभकामना मन्तब्यसंगै शुरु भएको कार्यक्रममा जामका अध्यक्ष उज्वलजंग शाहले अटोमोबाइल क्षेत्रका बिबिध बिषयका बारेमा सत्यतथ्य जानकारी प्रदान गर्न पत्रकारहरु संगिठत हुनुपरेको बताए ।
त्यसैगरी जामका महासचिव सागर गजुरेलले देश बिकासको मेरुदण्ड मानिदै आएको अटोमोबाइल क्षेत्रमा हाल देखिएका बिद्यामान समस्या र चुनौतीका बारेमा सर्बसाधरण तथा सरोकारवाला निकायलाई सुसुचित गर्न अटो पत्रकारहरुले संवाहकको भुमिका खेल्दै आएको स्मरण गराए ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नब गठित कार्यसमितीलाई बधाई दिँदै जामले यस क्षेत्रको बिकासका लागि प्रभावकारी भुमिका निर्बाह गर्ने बिश्वास ब्यक्त गरे । नाडाका उपाध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रको बिकासमा पत्रकारहरुको भुमिका अतुलनिय रहको भन्दै जामसंग सहकार्य गर्न आफूहरु सधै तयार रहने बताए । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले जामलाई प्रदेश स्तरमा समेत बिस्तार गर्नु पर्ने धारणा ब्यक्त गरे ।
जर्नालिस्ट एसोसिएसन अफ अटोमोबाइल एण्ड मोबिलिटी(जाम)का नामले दर्ता भएको संघमा हाल उज्वलजंग शाह अध्यक्ष, सुरेन्द्र पौडेल उपाध्यक्ष, सागर गजुरेल महासचिव, तोयानाथ पौडेल सचिव, रोशन श्रेष्ठ कोषाध्यक्ष छन भने शौरभ नेपाल, उज्वल घिमिरे, प्रयास श्रेष्ठ, रामशरण न्यौपाने, बसन्त अर्याल र युवराज बस्नेत सदस्य रहेका छन् ।
काठमाडौँ – नाडा अध्यक्ष पदका लागि केही दिनदेखि चर्चामा रहेका...
काठमाडौं– नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४७ औं वार्षिक साधारण सभा...
काठमाडौं – नाडाले अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिकहरुको सीप तथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...