अटो पत्रकार संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोबाइल एसोसिएसनले आयोजना गरेको अटो पत्रकार संघ(जाम)को स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा हिजो आयोजना गरिएको उक्त कार्यक्रममा अटो पत्रकार संघको नबगठित कार्यसमितीलाई नाडाले स्वागत तथा सम्मान गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

नाडाका महासचिब सुनिल रिजालको स्वागत तथा शुभकामना मन्तब्यसंगै शुरु भएको कार्यक्रममा जामका अध्यक्ष उज्वलजंग शाहले अटोमोबाइल क्षेत्रका बिबिध बिषयका बारेमा सत्यतथ्य जानकारी प्रदान गर्न पत्रकारहरु संगिठत हुनुपरेको बताए ।

त्यसैगरी जामका महासचिव सागर गजुरेलले देश बिकासको मेरुदण्ड मानिदै आएको अटोमोबाइल क्षेत्रमा हाल देखिएका बिद्यामान समस्या र चुनौतीका बारेमा सर्बसाधरण तथा सरोकारवाला निकायलाई सुसुचित गर्न अटो पत्रकारहरुले संवाहकको भुमिका खेल्दै आएको स्मरण गराए ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नब गठित कार्यसमितीलाई बधाई दिँदै जामले यस क्षेत्रको बिकासका लागि प्रभावकारी भुमिका निर्बाह गर्ने बिश्वास ब्यक्त गरे । नाडाका उपाध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रको बिकासमा पत्रकारहरुको भुमिका अतुलनिय रहको भन्दै जामसंग सहकार्य गर्न आफूहरु सधै तयार रहने बताए । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले जामलाई प्रदेश स्तरमा समेत बिस्तार गर्नु पर्ने धारणा ब्यक्त गरे ।

जर्नालिस्ट एसोसिएसन अफ अटोमोबाइल एण्ड मोबिलिटी(जाम)का नामले दर्ता भएको संघमा हाल उज्वलजंग शाह अध्यक्ष, सुरेन्द्र पौडेल उपाध्यक्ष, सागर गजुरेल महासचिव, तोयानाथ पौडेल सचिव, रोशन श्रेष्ठ कोषाध्यक्ष छन भने शौरभ नेपाल, उज्वल घिमिरे, प्रयास श्रेष्ठ, रामशरण न्यौपाने, बसन्त अर्याल र युवराज बस्नेत सदस्य रहेका छन् ।

सम्बन्धित समाचारहरू

७ महिनादेखी लाग्दै आएको आयत प्रतिवन्ध हट्यो, अटो व्यवसायीको आन्दोलन कार्यक्रम यथावत

७ महिनादेखी लाग्दै आएको आयत प्रतिवन्ध हट्यो, अटो व्यवसायीको आन्दोलन कार्यक्रम यथावत

सरकारले विगत ७ महिनायता लगाउँदै आएको आयत प्रतिवन्ध पुष १ गतेबाट हट्ने भएको...

विदेशी मुद्रा सञ्चिति बढे पनि बढ्ने दर भने सुस्त, फेरि पनि कडाई हुन सक्ने

विदेशी मुद्रा सञ्चिति बढे पनि बढ्ने दर भने सुस्त, फेरि पनि कडाई हुन सक्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार...

नाडा अध्यक्ष प्रत्यासी धुब्र थापाले घोषणा गरे आफ्नो प्यानल, व्यवसायीसँग अन्तरक्रिया गर्दै

नाडा अध्यक्ष प्रत्यासी धुब्र थापाले घोषणा गरे आफ्नो प्यानल, व्यवसायीसँग अन्तरक्रिया गर्दै

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...