विश्वभर १ करोड युनिट वागन आर बिक्री, नेपाली सडकमा दमदार उपस्थिति

मारुती सुजुकीको लोकप्रिय मोडल वागनआरले विश्वभर एक करोड युनिट बिक्रीको आँकडा पार गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। सन् १९९३ सेप्टेम्बरमा जापानमा पहिलो पटक लन्च भएको सो कार ३१ वर्ष ९ महिनापछि एक करोड बिक्रीको कीर्तिमानमा पुग्न सफल भएको हो।

वागनआरले १९९९ मा भारतीय बजारमा प्रवेश गरेको थियो। हाल वागनआर ७५ भन्दा बढी देशमा बिक्री भइसकेको छ । वागनआरको सो उपलब्धिमा भारतको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको छ। यसको अग्लो डिजाइनले यसलाई प्रशस्त क्याबिन स्पेस प्रदान गरेको छ, जुन परिवारको आवश्यकता अनुसार रहेको छ ।

भारतमा यसलाई १.१ लिटर इन्जिनका साथ प्रस्तुत गरिएको थियो। सन् २०१९ मा आएको नयाँ पुस्ताको वागनआरमा १.० लिटर र १.२ लिटर नेचुरली एस्पिरेटेड इन्जिन विकल्प उपलब्ध गराइएको छ । साथै, सीएनजी इन्जिनको विकल्पले यसको बिक्रीमा थप वृद्धि गरेको छ ।

भारतमा वागनआर निकै लोकप्रिय कारको सूचीमा रहँदै आएको छ। यसले भारतमा २५ वर्ष पूरा गरिसकेको छ र हालसम्म ३२ लाख युनिटभन्दा बढी बिक्री भइसकेको छ। वागनआरको सो ऐतिहासिक उपलब्धि विश्व बजारमा यसको मजबुत उपस्थिति र उपभोक्ताको विश्वासको प्रमाण हो।

वागनआर नेपाली बजारमा समेत उपलब्ध ह्याचब्याक कार हो । विद्युतीय कारको क्रेज बढ्नुअघि निकै राम्रो संख्यामा बिक्री हुँदै आएको यस कारको बजार केही समययता भने प्रभावित बनेको छ । यद्यपि नेपाली सडकमा यसको उपस्थिति भने निकै दमदार रहेको छ ।

सम्बन्धित समाचारहरू

जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री, मारुती सुजुकीको सबैभन्दा बढी

जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री, मारुती सुजुकीको सबैभन्दा बढी

काठमाडौँ । भारतको फेडरेशन अफ अटोमोबाइल्स डिर्लसिप एशोसिएशनले २०२३ जुलाई...

नयाँ मारुती सुजुकी भिटारा एसयूभी आउदै, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा गर्ने

नयाँ मारुती सुजुकी भिटारा एसयूभी आउदै, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा गर्ने

मिड साइज एसयूभीको बिक्री बढ्दै गएको छ, लगभग सबै अटोमोबाइल कम्पनीले सो...

महिन्द्रा थारको प्रतिस्पर्धी जिम्नी ५ डोर, यस्तो छ फिचर र पावरट्रेन

महिन्द्रा थारको प्रतिस्पर्धी जिम्नी ५ डोर, यस्तो छ फिचर र पावरट्रेन

भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...