पोखरामा हुने नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

पोखरा – आगामी चैत ११ देखि १५ सम्म पोखरामा हुने वाडा अटो शो २०२६ को लागि स्टल बुकिङ खुल्ला गरिएको छ । पोखरा लेकसाइड, तालबाराही चोकस्थित खेल मैदानमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) द्वारा नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को आयोजना गरिने भएको हो ।

पहिलो संस्करणको अपार सफलता पछि, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकास तर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पर्यटकीय राजधानी सुन्दर नगरी पोखरामा दोस्रो पल्ट उक्त अटो शो हुन लागेको हो ।

सम्पूर्ण साना, मझौला तथा ठूला सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आवहान गर्दै आज अर्थात फागुन १२ गते देखि १९ गते सम्म प्रदर्शनीका लागि स्टल बुकिङ खुल्ला गरिएको वाडाले जनाएको छ ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिले गर्नेछ भने स्टल बुकिङका लागि इच्छुक कम्पनी/संस्थाहरूले eventsgems@gmail.com वा ९८०१५४१५३८ मा सम्पर्क गरी जानकारी लिन सक्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

अटोमोबाइल क्षेत्र धराशायी हुँदा व्यवसायी पलायन हुने अवस्था आएको नाडा अध्यक्ष चौधरीको भनाइ

अटोमोबाइल क्षेत्र धराशायी हुँदा व्यवसायी पलायन हुने अवस्था आएको नाडा अध्यक्ष चौधरीको भनाइ

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो...

नाडाको नयाँ कार्यसमितीको सपथ ग्रहणका लागि कानुनी बाटो खुल्यो, अदालतद्वारा रिट खारेज

नाडाको नयाँ कार्यसमितीको सपथ ग्रहणका लागि कानुनी बाटो खुल्यो, अदालतद्वारा रिट खारेज

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को विवाद अदालतले टुंगो...

प्रादेशिक एसोसिएसनहरुसँग नाडाले ग-यो अन्तर्क्रिया, अटो व्यवसायीका समस्या समाधानबारे छलफल

प्रादेशिक एसोसिएसनहरुसँग नाडाले ग-यो अन्तर्क्रिया, अटो व्यवसायीका समस्या समाधानबारे छलफल

अटोमोबाइल व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...