यस्तो बन्यो पदाधिकारी सहितको नयाँ नाडा टिम
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आज सम्पन्न...
पोखरा – पोखरामा आगामी चैत महिना भित्रै अटो शो हुने भएको छ । पोखरामा अवस्थित अटोमोबाइल व्यवसायीहरुको संगठन पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)ले पोखरामा ‘वाडा अटो शो २०२५’ आयोजना गर्ने भएको हो । बिहीबार बसेको वाडाको कार्यसमिति बैठकले चैत भित्र अटो शो आयोजना गर्ने निर्णय गरेको छ ।
अटो शो सम्पन्न गर्नका लागि उपाध्यक्ष निरन केसीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए ।
वाडा अटो शो सम्पन्न गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गर्न र उपसमितिहरु गठन गर्नका लागि संयोजक केसीलाई जिम्मेवारी प्रदान गरिएको छ । सरोकारवालाहरुसँग आवश्यक परामर्श गरी चैत भित्र अटो शो सम्पन्न गर्ने गरी तयारी सुरु भएको संयोजक केसीले जानकारी दिए ।
पोखरामा पहिलो पटक बृहत अटो शो आयोजना गर्ने तयारी गरेको बताउँदै केसीले अटो शो भव्य रुपमा सम्पन्न गर्ने गरी छिट्टै उपसमितिहरु गठन गर्ने समेत जानकारी दिए ।
पोखरामा अटो शो आयोजना हुँदा अटोमोबाइल क्षेत्रमा थप उत्साह हुनेमा आफूहरु विश्वस्त रहेको वाडाका अध्यक्ष कोइरालाले बताए । नाडाको समेत साथ लिएर अटो शो आयोजना गरिने उनले बताए ।
गत साता सम्पन्न वाडाको १९औं साधारणसभा तथा १०औं अधिवेशनले दीपेन्द्र कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आज सम्पन्न...
काठमाडौँ – अघिल्ला वर्षजस्तै विद्युतीय सवारीका करमा चलखेल सुरु भइरहेका...
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...