नाडा अटो शो २०२४ सम्पन्र : यी स्टल बने उत्कृष्ट
काठमाडौँ – गत भदौ ११ देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो...
पोखरा – पोखरामा जारी नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ मा सवारी साधन मात्र प्रदर्शित नभएर यससँग सम्बन्धित उपकरणहरु समेत प्रदर्शन गरिएका छन् । ती मध्ये हिट्को प्रालिद्वारा प्रदर्शन गरिएका एल्गी र एटीएस–एल्गी लगायतका उपकरणले फरक दृश्य प्रदान गरेको छ ।
पोखराको तालबाराही चोकस्थित प्रदर्शनी स्थलको स्टल नम्बर ई३ र ई४ मा हिट्कोका ग्यारेज इक्विपमेन्ट प्रदर्शन गरिएका छन् । सवारी साधनको मर्मत सम्भारका लागि आवश्यक विश्व प्रसिद्ध ब्रान्ड एटीएस–एल्गीका इक्विपमेन्टहरु नेपालका धेरै वर्कशपहरुमा प्रयोग भएका छन् ।
पछिल्लो समयमा नेपालमा ईभीको प्रयोग समेत बढेको छ । यसका लागि आवश्यक उपकरण समेत हिट्कोले उपलब्ध गराइरहेको छ । ‘नेपालमा ईभीको प्रयोग बढ्दै जादा हामीले त्यसै अनुसारका इक्विपमेन्ट समेत नेपालमा उपलब्ध गराइरहेका छौ । कुनै पनि वर्कशप लगायतका संरचना निर्माणका लागि आवश्यक कम्प्लिट प्याकेज हामीसँग उपलब्ध छ ।’, हिट्को प्रालिका म्यानेजिङ डाइरेक्टर प्रदीपमान प्रधानले भने ।
टु ह्विलर देखि फोर ह्विलर र हेभी इक्विपमेन्ट सम्मका वर्कशपका लागि आवश्यक इक्विपमेन्ट उपलब्ध भएको उनले बताए । यी सबैका लागि अन्य विभिन्न ओईएम कम्पनीहरुका एसेसरिज समेत उपलब्ध भएको प्रधानले बताए । समयको माग अनुसार नयाँ नयाँ ब्रान्डहरु समेत थप्दै गरेको उनले बताए ।
यस अनुसार सिज फायर ब्रान्डका फायर एक्स्टिङग्विसर समेत हिट्कोले उपलब्ध गराइरहेको छ । आगलागीको समयमा प्रयोगका लागि यस्ता उपकरण प्रयोग गर्न सकिन्छ । हिट्को प्रालि वाडा अटो शो २०२६ को फायर सेफ्टी पार्टनर समेत हो ।
हिट्कोले हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्स जस्ता उपकरण बजारमा उपलब्ध गराउँदै आएको छ ।
हिट्कोले हाल एल्गी र एटीएस–एल्गीका उपकरणहरु बिक्री वितरण गरिरहेको छ । सवारी साधनको ग्यारेज निर्माणका लागि आवश्यक उपकरण र सडक वा टनेल निर्माणको अवसरमा आवश्यक एयर कम्प्रेसर समेत हिट्कोले उपलब्ध गराइरहेको छ । हिट्कोले सिजफायर ब्रान्डका फायर एक्स्टिङग्विसर पनि उपलब्ध गराइरहेको छ ।
काठमाडौँ – गत भदौ ११ देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो...
काठमाडौं – आगामी भाद्र ३ गतेदेखि सुरु हुने १७औं नाडा अटो शो २०२५ को...
काठमाडौं – आज सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने निश्चित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...