भोलि ग्लोबल डेब्यु हुँदै फक्सवागन टाइगुन : पहिले नै सार्वजनिक भयो तस्बिर

फक्सवागनले भोलि पहिलो मेड इन इन्डिया एसयूभी टाइगुन लन्च गर्दैछ । यो भन्दा पहिले नै हालै एक अनलाइनमार्फत यसको इमेज सार्वजनिक भएको छ । फक्सवागन ग्रुपको ‘इन्डिया २.०’ प्लान अन्तर्गतको यो दोस्रो उत्पादन हुनेछ । यो भन्दा पहिले स्कोडा कुशाक पनि यही प्लान अन्तर्गत उपलब्ध हुने घोषणा भइसकेको छ । एमक्युबी एओ इन प्लेटफर्ममा यसको उत्पादन हुनेछ । ग्लोबल डेब्यु भन्दा पहिले नै यसको निकै नै चर्चा भएको छ । यसको टप स्पेक ‘जीटी’ ट्रिमको तस्बिर सार्वजनिक भएको हो । अटो एक्सपो २०२० मा प्रदर्शन गरिएको कन्सेप्ट मोडल जस्तै यसको एक्सटेरियर देखिएको छ । अघिल्लो भागमा आयताकार हेडल्याम्प देखिएको छ, जुन फ्रन्ट ग्रिलको नजिकै राखिएको छ । फ्रन्ट बम्परमा एक जोडी फगल्याम्प र सिल्भर फिनिस गरिएको स्किड प्लेट छ । अलोय ह्विल, टेल ल्याम्प आदि र अन्य विभिन्न फिचर पनि उस्तै छन् । फक्सवागन टाइगुनमा स्कोडा कुशाकको इन्जिन प्रयोग गरिएको छ । स्कोडा कुशाकमा १.० लिटर टर्बाे पेट्रोल इन्जिन र १.५ लिटर टर्बाे पेट्रोल इन्जिन समावेश रहेको छ । सो इन्जिन ६ स्पिड म्यानुअलको साथमा अटोमेटिक र ७ स्पिड डिएसजी गियरबक्सको साथमा प्रस्तुत गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...