फक्सवागन ईभीमा एक्सपेङको प्रविधि, नयाँ एसयूभी सार्ववजनिक
काठमाडौं–फक्सवागनले चीनमा आफ्नो नयाँ विद्युतीय एसयूभी आईडी औरा टी६...
जर्मन अटोमेकर फक्सवागनले २ नयाँ इलेक्ट्रिक एसयूभी आईडी ६ र आईडी ६ क्रस सार्वजनिक गरेको छ । यी दुई एसयूभीमा थर्ड रो पनि समावेश गरिएको छ । एसयूभीमा ७ जना यात्रा गर्न सकिन्छ । रिपोर्ट अनुसार फक्सवागनले यी दुई इलेक्ट्रिक एसयूभीको माध्यमले ईभी पोर्टफोलियो विस्तार गरिरहेको छ ।
फक्सवागनको आईडी ६ इलेक्ट्रिक एसयूभी ईभी पोर्टफोलियोमा सबैभन्दा ठूलो कार हो र यो कार चीनमा निकै लोकप्रिय रहेको छ । फक्सवागनले चीनमा एफएडब्ल्यु कम्पनीसँग साझेदारी गरी कार्य गरिरहेको छ । जसमा कम्पनीले आईडी ६ र आईडी ६ क्रस उत्पादन गर्नेछ ।
सो इलेक्ट्रिक एसयूभीमा एलईडी हेडल्याम्प, टेललाइट र बम्पर समावेश गरिएको छ । यसको साथै एसयूभीमा १९ र २१ इन्चको ह्विल समावेश गरिएको छ । आईडी ६ र आईडी ६ क्रस एसयूभीमा आईडी ४ को फिचर समावेश गरिएको छ । सो एसयूभीमा एमईबी आर्किटेक्चरको प्रयोग गरिएको छ ।
कम्पनीका अनुसार आईडी ६ मा समावेश गरिएको इन्जिनले १७७ एचपीको पावर जेनेरेट गर्छ । सो कार ९.३ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड लिने क्षमता रहेको छ । यसको डुअल मोटर भेरिएन्ट आईडी ६ क्रस एसयूभीले ३०२ एचपीको पावर जेनेरेट गर्छ । सो कार ६.६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड लिने क्षमताको रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...