यस्तो हुनेछ फक्सवागनको सबैभन्दा सस्तो ईभी, टिजर सार्बजनिक

फक्सवागनले आफ्नो सैभन्दा सस्तो इलेक्ट्रिक कार आईडी वानको टिजर पहिलोपटक सार्बजनिक गरेको छ । सन् २०२७ देखी बिक्री सुरु गर्ने तयारी गरिएको सो नयाँ ईभीलाई कम्पनीले २० हजार यूरोमै उपलब्ध गराउने योजना बनाएको छ । सो नयाँ कारको कन्सेप्ट भर्सन यसै वर्षको मार्चमा डेब्यू गर्ने फक्सवागनको तयारी छ ।

फक्सवागनको सबैभन्दा सस्तो कार आईडी वानको नामले आउने चर्चा चलेपनि यसको आधिकारिक नाम भने अझै पुष्टि भैसकेको छैन । यद्यपी टिजर छविले यसलाई आईडी वान नाम दिन सकिने संकेत गरेको छ । यो २०२६ मा बिक्रीमा जाने आईडी टु भन्दा सानो र सस्तो हुनेछ ।

टिजरमा सो नयाँ कारको हेडलाइटलाई कालो ग्रिलसँग एकीकृत गरिएको देख्न सकिन्छ । यसैगरी, भीडब्लू लोगो ग्रिलको बीचमा राखिएको छ भने अगाडिको बम्परमा स्लिम डीआरएलहरू देखिन्छन् । टिजरमा इन्फोटेनमेन्ट स्क्रिनको पछाडि भाग समेत देखाइएको छ ।

एमईबी प्लेटफर्ममा निर्माण गरिने सो नयाँ ईभीमा सिंगल इलेक्ट्रिक मोटरको साथ सानो ब्याट्री प्याक उपलब्ध हुने अनुमान गरिएको छ । आईडी वान ५ ढोकाको ह्याचब्याक हुन सक्ने र यसले क्रसओभर डिजाइन समेत प्राप्त गर्नसक्ने आँकलन गरिएको छ ।

सम्बन्धित समाचारहरू

फक्सवागनको दशैं/ तिहार स्किम अब ३ दिनका लागि मात्र, ग्राहकले पाउनेछन् यस्तो सुबिधा

फक्सवागनको दशैं/ तिहार स्किम अब ३ दिनका लागि मात्र, ग्राहकले पाउनेछन् यस्तो सुबिधा

फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बितरक पूजा इन्टरनेश्नल नेपालले...

टाइगुन र भर्टसका सबै भेरिएन्टमा स्ट्यान्डर्ड ६ एयरब्याग उपलब्ध गराउने फक्सवागनको घोषणा

टाइगुन र भर्टसका सबै भेरिएन्टमा स्ट्यान्डर्ड ६ एयरब्याग उपलब्ध गराउने फक्सवागनको घोषणा

फक्सवागन इन्डियाले सेफ्टीका लागि टाइगुन र भर्टसका सबै भेरिएन्टमा...

फक्सवागन र स्कोडा गाडीमा प्रयोग हुने टीएसआई इन्जिन के हो, के छ यसको फाइदा ?

फक्सवागन र स्कोडा गाडीमा प्रयोग हुने टीएसआई इन्जिन के हो, के छ यसको फाइदा ?

नेपाली बजारमा कारोबार हुने दुई युरोपियन ब्रान्ड फक्सवागन र स्कोडा कारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...