फक्सवागन टेरन आर–लाइनको भारतमा एसेम्वलिङ सुरु

फक्सवागनले भारतमा आफ्नो नयाँ एसयूभी टेरन आर–लाइनको एसेम्वलिङ सुरु गरेको छ । गत हप्ता सार्बजनिक गरिएको भारत विशेष सो एसयूभीलाई कम्पनीले मार्च महिनामा लन्च गर्ने तयारी गरेको छ ।

टिगुआन आर–लाइन भन्दा माथी रहने सो नयाँ एसयूभीलाई कम्पनीले आफ्नो एमक्यूबी ईभो प्लेटफर्ममा तयार पार्न लागेको हो । नयाँ एसयूभीमा टिगुआन आर–लाइनलाइनमा जडान गरिएको उहि पुरानै २.० लिटर टर्बो पेट्रोल इन्जिन जडान हुनेछ ।

उक्त इन्जिनले २०१ बिएचपी पावर र ३२० एनएम टर्क जेनेरेट गर्नेछ । एसयूभीमा ७ स्पीड डुअल–क्लच अटोमेटिक ट्रान्समिसन र फोर ह्विल ड्राइभ सिस्टम उपलब्ध हुने अपेक्षा गरिएको छ ।

टेरन आर–लाइनमा ठूलो ग्रिल र पूर्ण चौडाइ एलईडी लाइट बारका तथा एलईडी हेडल्याम्पका साथ स्पोर्टी फ्रन्ट फेसिया रहेको छ । पछाडि स्लिक लाइट बारद्वारा जोडिएको एलईडी टेललाइटहरूको सेट छ । एसयूभीमा १९ इन्चको अलोय ह्वील राखिएको छ भने अगाडि र पछाडि उज्यालो फक्सवागन लोगो दिइएको छ ।

एसयूभीको इन्टेरियरमा स्पोर्टी थ्री स्पोक स्टेयरिङ ह्वील, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १५ इन्चको सेन्ट्रल टचस्क्रिन, मल्टि जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानाराोमिक सनरुफ र मसाज फंक्सन सहितको भेन्टिलेटेड फ्रन्ट सिट उपलब्ध गराइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...