फक्सवागनद्वारा युरोपमा नयाँ आईडी डट टिगुआन इलेक्ट्रिक एसयूभी सार्वजनिक, सन् २०२७ मा विश्वव्यापी लन्च गर्ने
फक्सवागनले युरोपेली बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक एसयूभी आईडी डट...
फक्सवागनले भारतमा आफ्नो नयाँ एसयूभी टेरन आर–लाइनको एसेम्वलिङ सुरु गरेको छ । गत हप्ता सार्बजनिक गरिएको भारत विशेष सो एसयूभीलाई कम्पनीले मार्च महिनामा लन्च गर्ने तयारी गरेको छ ।
टिगुआन आर–लाइन भन्दा माथी रहने सो नयाँ एसयूभीलाई कम्पनीले आफ्नो एमक्यूबी ईभो प्लेटफर्ममा तयार पार्न लागेको हो । नयाँ एसयूभीमा टिगुआन आर–लाइनलाइनमा जडान गरिएको उहि पुरानै २.० लिटर टर्बो पेट्रोल इन्जिन जडान हुनेछ ।
उक्त इन्जिनले २०१ बिएचपी पावर र ३२० एनएम टर्क जेनेरेट गर्नेछ । एसयूभीमा ७ स्पीड डुअल–क्लच अटोमेटिक ट्रान्समिसन र फोर ह्विल ड्राइभ सिस्टम उपलब्ध हुने अपेक्षा गरिएको छ ।
टेरन आर–लाइनमा ठूलो ग्रिल र पूर्ण चौडाइ एलईडी लाइट बारका तथा एलईडी हेडल्याम्पका साथ स्पोर्टी फ्रन्ट फेसिया रहेको छ । पछाडि स्लिक लाइट बारद्वारा जोडिएको एलईडी टेललाइटहरूको सेट छ । एसयूभीमा १९ इन्चको अलोय ह्वील राखिएको छ भने अगाडि र पछाडि उज्यालो फक्सवागन लोगो दिइएको छ ।
एसयूभीको इन्टेरियरमा स्पोर्टी थ्री स्पोक स्टेयरिङ ह्वील, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १५ इन्चको सेन्ट्रल टचस्क्रिन, मल्टि जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानाराोमिक सनरुफ र मसाज फंक्सन सहितको भेन्टिलेटेड फ्रन्ट सिट उपलब्ध गराइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...