टाटा नेक्सन ईभी म्याक्स सार्वजनिक, ४३७ किमी रेन्ज, ठूलो ब्याट्री, फास्ट चार्जिङ विकल्प
टाटा मोटर्सले भारतमा लङ रेन्ज दिने नयाँ इलेक्ट्रिक कार टाटा नेक्सन ईभी...
जर्मन अटो निर्माता फक्सवागनले नयाँ इलेक्ट्रिक भ्यान आइडी बज सार्बजनिक गरेको छ । यो नयाँ इलेक्ट्रिक भ्यानमा आधुनिक प्रबिधी र रेट्रो लुक्स दिइएको छ । भी आकारको बोनेट स्ट्रक्चर, एलइडी मेट्रिकस हेडल्याम्प, डुअल टोन कलर स्किम, अपराइट टेलगेट, हाइ माउन्टेट स्टप ल्याम्प, सार्क फिन एन्टेना, एलइडी टेल ल्याम्मले यो भ्यानलाई आकर्षक देखाएको छ ।
युरोपेली बजारलाई लक्षित गरी ल्याइएको यो भ्यानमा ८२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसको अधिकतम पावर २०४ एचपी र टर्क ३१० एनएम रहने जनाइएको छ । फक्सवागनले यो भ्यानलाई तत्कालका लागी ५ सिटर अप्नसमा उपलब्ध गराउने र पछि ६ सिटरमा समेत उपलब्ध गराउने सोच बनाएको छ । यो भ्यानको बिक्री यसै बर्षको अन्त्यदेखी शुरु हुने जनाइएको छ ।
यो इलेक्ट्रिक भ्यानले २५० माइल रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । १४५ किलोमिटर प्रतिघन्टाको उच्च गतिमा चलाउन सकिने यसको ब्याट्रीलाई १७० किलोवाट चार्जरबाट आधा घन्टाभित्रै ५ देखी ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
यो भ्यानमा १२ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १० इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जर, युएसबी–सि पोर्ट, इलेक्ट्रिकल्ली एड्जस्टेबल सिट, फ्रन्ट सिटब्याकमा फोल्ड–डाउन टेबल र स्लाइडिङ डोर जस्ता फिचर्स दिइएको छ ।
टाटा मोटर्सले भारतमा लङ रेन्ज दिने नयाँ इलेक्ट्रिक कार टाटा नेक्सन ईभी...
टीभीएसले आफ्नो एक मात्र इलेक्ट्रिक स्कुटर आईक्युबको नयाँ भेरिएन्ट थपेको छ...
काठमाडौं– जिली मातहतको ईभी ब्राण्ड जिकर राइट ह्यान्ड ड्राइभमा समेत आएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...