फक्सवागनको अव आफ्नै व्याट्री प्लान्ट, व्याट्रीको विकासमा मात्रै २० अर्व यूरो लागनी गर्ने घोषणा

जर्मन अटो निर्माता फक्सवागनले हिँजो जर्मनी सहित युरोपका ६ स्थानमा आफ्नै व्याट्री प्लान्ट लगाउने घोषणा गरेको छ । सन् २०३० भित्रमा यी सवै प्लान्ट संचालनमा आइसक्ने र यसका लागी २० अर्व युरो लगानी गर्ने समेत उसको भनाई छ ।

पहिलो चरण अन्तर्गत कम्पनीले जर्मनीको साल्जगिटर सहरमा अवस्थित प्लान्टबाट उत्पादन सुरुवात गर्ने जनाइएको छ । यो प्लान्टबाट यसअघि कम्वस्चन इन्जिन उत्पादन हुँदै आएको थियो । जहाँबाट सन् २०२५ देखी व्याट्री उत्पादन शुरु हुने उसको भनाई छ । यो प्लान्ट पूर्ण क्षमतामा संचालन हुँदा वार्षिक ५ लाख कारका लागी आवश्यक पर्ने ४० गिगावट आवर व्याट्री उत्पादन हुनेछ ।

फक्सवागनले अमेरिकन अटो निर्माता टेस्ला र चाइनिज अटो निर्माता विवाइडीसंग प्रतिस्पर्धा गर्दै ३ वर्षभित्र इभी उत्पादनमा उछाल ल्याउने यसअघि नै उद्घोष गरिसकेको छ । जसका लागी उसलाई व्याट्रीको आपूर्ती एकदमै महत्वपूर्ण रहेको थियो ।
दुई ठूला इभी निर्माता टेस्लाले सिएटिएलसंग संझौता गरी व्याट्री आपूर्ती गर्दै आइरहेको छ भने विवाइडीले आफैले विकास गरेको व्लेड व्याट्रि प्रयोग गरिरहेको छ ।

जसका कारण यी दुई ब्रान्डलाई संकटको समयमा समेत व्याट्री आपूर्तीमा समस्या देखिएको थिएन । उता फक्सवागनलाई भने विभिन्न समयमा व्याट्रीको समसयका कारण उत्पादन नै कटौती गर्नु परेको थियो । हाल यो कम्पनीले सिएटिएल र सामसुङसंग व्याट्रीको आपूर्ती गर्न सम्झौता गरेको छ ।

सम्बन्धित समाचारहरू

टाइगुन र भर्टसका सबै भेरिएन्टमा स्ट्यान्डर्ड ६ एयरब्याग उपलब्ध गराउने फक्सवागनको घोषणा

टाइगुन र भर्टसका सबै भेरिएन्टमा स्ट्यान्डर्ड ६ एयरब्याग उपलब्ध गराउने फक्सवागनको घोषणा

फक्सवागन इन्डियाले सेफ्टीका लागि टाइगुन र भर्टसका सबै भेरिएन्टमा...

सकियो यो बर्षको फेस्टिभल सिजन, अटोमोबाइल कम्पनीहरुले ल्याएको फेस्टिभल अफरको आज अन्तिम दिन

सकियो यो बर्षको फेस्टिभल सिजन, अटोमोबाइल कम्पनीहरुले ल्याएको फेस्टिभल अफरको आज अन्तिम दिन

यो बर्षको फेस्टिभल सिजन आज छठ पर्ब मनाएपछि सकिंदै छ । प्रत्येक बर्ष भदौ...

फक्सवागन मनसुन एक्सचेन्ज अफर प्रारम्भ : पुरानो कुनै पनि ब्रान्डसँग नयाँ गाडी साट्न सकिने

फक्सवागन मनसुन एक्सचेन्ज अफर प्रारम्भ : पुरानो कुनै पनि ब्रान्डसँग नयाँ गाडी साट्न सकिने

काठमाडौं – नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...