फक्सवागनद्वारा युरोपमा नयाँ आईडी डट टिगुआन इलेक्ट्रिक एसयूभी सार्वजनिक, सन् २०२७ मा विश्वव्यापी लन्च गर्ने
फक्सवागनले युरोपेली बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक एसयूभी आईडी डट...
काठमाडौं–फक्सवागन समुहले चीनमा स्वतन्त्र रूपमा सिस्टम–अन–चिप (एसओसी) प्रविधि डिजाइन र विकास गर्न २० करोड अमेरिकी डलरभन्दा बढीको रणनीतिक लगानी गर्ने घोषणा गरेको छ । आठौं चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पोमा गरिएको यस घोषणाले अटोमेकरको ‘इन चाइना, फर चाइना’ रणनीतिलाई झनै मजवुत बनाएको छ ।
इन–हाउस चिप विकासको नेतृत्व क्यारिजोनले गर्नेछ, जुन क्यारिजोनको सफ्टवेयर कम्पनी क्यारिजोन र चिनियाँ इन्टेलिजेन्ट ड्राइभिङ टेक्नोलोजी फर्म होराइजन रोबोटिक्स बीचको संयुक्त उद्यम हो । क्यारिजोन चीनका सीईओ हान सान्चुका अनुसार, यो रणनीतिक लगानीले फक्सवागनको इन्टेलिजेन्ट ड्राइभिङ एल्गोरिदम तथा इलेक्ट्रोनिक र विद्युतीय वास्तुकलादेखि लिएर एसओसीसम्म आफ्नै सफ्टवेयर र हार्डवेयर प्रणाली निर्माण गर्ने प्रतिबद्धतालाई जोड दिन्छ ।
पहिलो एसओसीले आगामी तीनदेखि पाँच वर्षभित्र ठूलो मात्रामा उत्पादन र डेलिभरी हासिल गर्ने अनुमान गरिएको छ, जसमा प्रति चिप ५०० देखि ७०० टप्सको कम्प्युटिङ पावर हुनेछ। यो चिपले वास्तविक समय निर्णय लिने, सुरक्षा रिडन्डन्सी र इन्टेलिजेन्ट ड्राइभिङ प्रणालीको स्थिर सञ्चालन बढाउने अपेक्षा गरिएको छ ।
सुरुमा, यी चिपहरूलाई एल३ र माथिको अटोनोमस ड्राइभिङ मार्फत फक्सवागन समूहको चिनियाँ मोडलहरूमा एकीकृत गरिनेछ । यसले फक्सवागन चीनलाई कोर प्रविधिहरूलाई थप स्थानीयकरण गर्न र एल्गोरिदमदेखि चिपहरूसम्म सफ्टवेयर र हार्डवेयर प्राप्त गर्न सक्षम बनाउनेछ ।
फक्सवागन समुहले सन् २०२७ सम्ममा २० भन्दा बढी विद्युतीय मोडेल र २०३० सम्ममा लगभग ३० वटा प्योर इलेक्ट्रिक मोडलहरु लन्च गर्ने योजना बनाएको छ । यि सबै मोडलमा चीनमै विकास गरिएका चिप प्रयोग गर्ने कम्पनीको तयारी छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...